लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
४७ पटक हेरिएको
Shares
लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र

सारांश

  • काठमाडौं ।
  • सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ ।
  • माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडमा पत्रकार सम्मेलनको आयोजना गरी महालेखापरीक्षक कार्यालयले नै यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै सरकारी निकायको उपस्थितिमा भएको खर्च र त्यसको फाँटबारीमा कुनै अनियमितता नभएको बताएको हो ।

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ ।

माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडमा पत्रकार सम्मेलनको आयोजना गरी महालेखापरीक्षक कार्यालयले नै यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै सरकारी निकायको उपस्थितिमा भएको खर्च र त्यसको फाँटबारीमा कुनै अनियमितता नभएको बताएको हो ।

पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराका अनुसार महालेखा परीक्षकले २०६९ जेठ १९ गते शिविरको खर्चको समर्थन, फछ्र्यौट र मिनाहा गरी सम्परीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरबारमा पठाएको बताए ।

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन २०६९ को पेज नं २५९ अनुसार उक्त बेरुजु सम्परीक्षण सार्वजनिक भइसकेको छ । शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब रु ४६ करोड पेस्की लिइएकामा त्यसलाई ‘शान्ति प्रक्रियाको यथार्थ र विशिष्ठ परिस्थितिलाई मध्यनजर गरी सो रकम अनुदानमा परिणत गर्न संसद्को सार्वजनिक लेखा समिति, शान्ति तथा पुनःनिर्माण मन्त्रालय’को सिफारिसमा नेपाल सरकारले २०६९ वैशाख १४ गते आवश्यक निर्णय गरेको थियो ।

सरकारी कर्मचारीले सम्बन्धित व्यक्तिको भरपाइ गराइएर तलब तथा अन्य सुविधा उपलब्ध गराएको उल्लेख गर्दै माओवादी जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमाण्डर एवम् नेकपा(माओवादी केन्द्र)का नेता चक्रपाणी खनालले कानुनी र व्यवहारिक रुपमा टुङ्गो लागिसकेको विषयमा अनाश्यक बखेडा झिक्न खोजिएको बताए ।

उनले क्यान्टोनमेन्टमा कुनै पनि आर्थिक अनियमितता नभएको र हुनै नसक्ने स्पष्ट पारे । शिविर व्यवस्थापन कार्यालयमार्फत नै खर्च भएकाले पार्टीबाट अनियमितता हुने सम्भावना नै नरहेको उनको दाबी छ ।

माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई सरकारले अगाडि बढाएको कारबाहीले आम जनतामा उत्साह पैदा भएको बताएको छ । सरकारको कदमले राष्ट्रको शान जोगाउने र त्यसका अलावा जनतामा उत्साह र मनोबलसमेत बढाउने स्पष्ट पार्दै माओवादीले सो प्रकरणमा दोषी देखिएका सबैलाई कडा कारबाही गर्न आग्रह गरेको छ । उक्त प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्न र कुनै पनि प्रकारको सम्झौता नगरोस् भन्ने पार्टीको विशेष आग्रह रहेको उपाध्यक्ष महराको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित
प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?
डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?
माधव नेपाललाई वामदेव र नारायणकाजीको साथ
पुस ३ गते बिहिबारको राशिफल यस्तो छ
पुस ३ गते बिहिबारको राशिफल यस्तो छ
चुनावमा भिड्दा पनि आन्तरिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो सिन्धुपाल्चोकमा
चुनावमा भिड्दा पनि आन्तरिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो सिन्धुपाल्चोकमा
अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य
अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य
कसरी सामसुम भयो नेकपाको विवाद ?
अब नेपालमै खुल्ने भयो आयुर्वेद र योगाको विश्वविद्यालय
अब नेपालमै खुल्ने भयो आयुर्वेद र योगाको विश्वविद्यालय
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ