साउदी अरबका राजाका बडिगार्ड मारिए
सारांश
- साउदी अरबका राजा सलमानका बडिगार्डको हत्या भएको छ ।
- जनरल अब्देल अजिज अल फगमलाई उनकै साथीले हत्या गरेका हुन् ।
- जनरल अजिज साथीकोमा पुगेको र त्यहाँ विवाद हुँदा मेहमुद विन मेसल अल अलीले गोली हानेका थिए ।
साउदी अरबका राजा सलमानका बडिगार्डको हत्या भएको छ । जनरल अब्देल अजिज अल फगमलाई उनकै साथीले हत्या गरेका हुन् । जनरल अजिज साथीकोमा पुगेको र त्यहाँ विवाद हुँदा मेहमुद विन मेसल अल अलीले गोली हानेका थिए । गोली लागपछि उनी घटनास्थलमा मारिएका थिए ।
साउदी प्रहरीले हत्यामा संलग्न ममदु विन मोल अल अलीलाई मारिदिएको छ । उनले हतियारसहित आत्महत्या गर्न अस्वीकार गरेपछि प्रहरीले गोली चलाएको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । (एजेन्सी)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया