आउनुबित्तिकै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आउनुबित्तिकै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

सारांश

  • काठमाडौँ, १४ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ ।
  • काठमाडौं अवतरण गर्नुबित्तिकै दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । काठमाडौं अवतरण गर्नुबित्तिकै दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री हसिना आज बिहान राजधानी आइपुगेकी हुन् । प्रधानमन्त्री हसिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?