अन्तिम पटक खोल्न लागिएको २०१८ को डिभी भिसा चिट्ठा असोज १७ गतेबाट खुल्ने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
अन्तिम पटक खोल्न लागिएको २०१८ को डिभी भिसा चिट्ठा असोज १७ गतेबाट खुल्ने !

सारांश

  • अनुदारवादी भनेर चिनिएका डोनाल्ड ट्रम्प सत्तामा आएसँगै अन्यौलमा रहेको अमेरिकी डिभी चिट्टा (इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा) एक पटकलाई खुल्ने भएको छ ।
  • ट्रम्प प्रशासनले आप्रवासी कामदारबारे कडा नियम सार्वजनिक गरेपछि डीभीको भविष्य संकटमा परेको थियो ।
  • अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने निर्णय गरेको छ ।

अनुदारवादी भनेर चिनिएका डोनाल्ड ट्रम्प सत्तामा आएसँगै अन्यौलमा रहेको अमेरिकी डिभी चिट्टा (इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा) एक पटकलाई खुल्ने भएको छ ।
ट्रम्प प्रशासनले आप्रवासी कामदारबारे कडा नियम सार्वजनिक गरेपछि डीभीको भविष्य संकटमा परेको थियो । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने निर्णय गरेको छ । अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट आवेदन गर्न सकिनेछ ।

डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्म रहेको यस वर्षको आवेदन समयमा नै भर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा चाँडै नै भर्न आग्रह गरेको हो ।

बिज्ञप्ति अनुसार, डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्म रहेको यस वर्षको आवेदन समयमा नै भर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा चाँडै नै भर्न आग्रह गरेको हो ।

दूतावासका अनुसार, डिभी चिट्ठाका लागि कात्तिक २२ गते रातको पौने एघारसम्म आवेदन दिन सकिनेछ । करिब एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिने सुझाव दिएको छ।

सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई डि भी) आवेदन फारम भर्न सकिनेछ । यस वर्षको डिभीको नतिजा मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ ।

त्यस्तै डिभी पर्नेहरुले सन् २०१८ को अक्टोबरबाट भिसा पाउन थाल्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कार्यनिति आप्रबासीमाथि कडा रुपमा प्रस्तुत भएपनि अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधेयक पारिद गर्न नसक्दा डिभीको अवधी एक वर्ष लम्बिएको हो ।

आउँदो आर्थिक वर्षमा यदी विधेयक पारिद भएमा डिभी बन्द हुनेछ । डिभी तलको लिकं क्लिक गरेर भर्न सकिनेछ । तर यो साईटमा डिभी फारम डिभी खेलेपछि मात्र देखिनेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Daniel Limbu

    How.to.apply

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?