अमेरिकाले मेक्सिकोसँगको सीमामा हजारौँ फौज तैनाथ गर्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
अमेरिकाले मेक्सिकोसँगको सीमामा हजारौँ फौज तैनाथ गर्दै

सारांश

  • अवैध प्रवासी विरुद्ध आक्रामक देखिएको अमेरिकाले मेक्सिकोसँगको सीमामा हजारौँ सैनिक तैनाथ गर्दैछ ।
  • मेक्सिको हुँदै हजारौँको संख्यामा मध्य अमेरिकी देशका आप्रवासी अमेरिका नजिक आइरहँदा अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा ५ हजार २ सय सैनिक फौज पठाउँदैछ ।
  • जनरल टेरेन्स ओसोनुसीले अपरेशन फेथफुल पेट्रिओट नामक सुरक्षा अभियान टेक्सस, एरिजोना र क्यालिफोर्निया राज्यमा केन्द्रीत हुने बताए ।

अवैध प्रवासी विरुद्ध आक्रामक देखिएको अमेरिकाले मेक्सिकोसँगको सीमामा हजारौँ सैनिक तैनाथ गर्दैछ । मेक्सिको हुँदै हजारौँको संख्यामा मध्य अमेरिकी देशका आप्रवासी अमेरिका नजिक आइरहँदा अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा ५ हजार २ सय सैनिक फौज पठाउँदैछ । जनरल टेरेन्स ओसोनुसीले अपरेशन फेथफुल पेट्रिओट नामक सुरक्षा अभियान टेक्सस, एरिजोना र क्यालिफोर्निया राज्यमा केन्द्रीत हुने बताए । अमेरिकातर्फ बढिरहेका आप्रवासी १६ सय किलोमिटरको दुरीमा रहेका छन् ।

आप्रवासीहरुले अतिक्रमण गरे सामना गर्न अमेरिकी सैनिकक तयारी अवस्थामा रहने बताएका थिए । गत अप्रिलमा राष्ट्रपति ट्रम्पले गरेको आग्रह अनुसार सिमानामा २१ सय नेशनल गार्ड तैनाथ छन् । एकहप्ता पछि हुने संसदीय चुनावमा राजनीतिक फाइदा पुग्ने गरी दुवै राजनीतिक समूहले आप्रवासीको विषयलाई प्रयोग गरेको आरोप प्रत्यारोप लागिरहेको छ । नोभेम्बर ६ मा हुने चुनावमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमाथि पकड राख्न आप्रवासी मुद्दालाई चर्कोरुपमा उठाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?