गृहमन्त्रीलाई प्रहरी महानिरीक्षकको फुली, अब के होला ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
गृहमन्त्रीलाई प्रहरी महानिरीक्षकको फुली, अब के होला ?

सारांश

  • काठमाडौं, १७ भदौ ।
  • कनकमणि दीक्षितद्वारा सञ्चालित हिमाल खबरपत्रिकाको आजको अंकमा गृहमन्त्री रामबहादुर थापा बादलको तस्विरमा प्रहरी महानिरीक्षकको फुली लगाइएको तस्बिर सार्वजनिक भएको छ ।
  • “कम्प्युटर मोन्टाज” भनेर लेखिएको हिमाल खाबरपत्रिकाको कभर फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं, १७ भदौ । कनकमणि दीक्षितद्वारा सञ्चालित हिमाल खबरपत्रिकाको आजको अंकमा गृहमन्त्री रामबहादुर थापा बादलको तस्विरमा प्रहरी महानिरीक्षकको फुली लगाइएको तस्बिर सार्वजनिक भएको छ । “कम्प्युटर मोन्टाज” भनेर लेखिएको हिमाल खाबरपत्रिकाको कभर फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

विवादास्पद तस्वीरका बारेमा सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस शुरु भएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारेर बनाइएको कार्टुन शेयर गरेको अभियोगमा एकजना वडा सचिवलाई अपराध महाशाखाले पक्राउ गरी मुद्दा मुद्दा चलाएको थियो । यसपटक गृहमन्त्रीको तस्वीर मोन्टाज गरी हिमाल खबरपत्रिकाले प्रकाशित गरेपछि अब के होला भन्ने प्रश्न पेचिलो बन्दै गएको छ ।

यही भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताले कुनै पनि व्यक्तिको तस्वीर बिगारेर प्रकाशन गरे दुई वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । ऐनको दफा २९५ को बुँदा नम्बर ३ मा भनिएको छ, “कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन । (४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।”

यो फोटोलाई आधार मानेर प्रहरी महानिरक्षक सर्वेन्द्र खनाल, प्रहरी प्रधान कार्यालय वा गृहमन्त्री बादलले हिमाल खबरपत्रिकाविरुद्ध मुद्दा दायर गरे भने मुद्दा लाग्छ । हिमालले फोटो मोन्टाज गरेको यो पहिलो घटना भने होइन । यसअघि पनि उसले फोटो मोन्टाज गर्नेगरेको थियो यद्यपि त्यतिबेला अहिलेजस्तो स्पष्ट कानुन थिएन । संहिताको उक्त बुँदासहितका केही प्रावधानहरुमा नेपालका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको कडा आपत्ति रहँदै आएको छ । महासंघले वैयक्तिक गोपनीयतासम्बन्धी हकमा प्रस्तावित यस्ता प्रावधानहरुको पनि विरोध गर्दै आएको छ ।

हिमाल खबरपत्रिकामा मोन्टाज गरिएको फोटो प्रकाशित गरिएपछि अब के हुन्छ ? भन्ने प्रश्न जन्मिएको छ । यद्यपि, गृहमन्त्री, प्रहरी महानिरीक्षक वा प्रहरी प्रधान कार्यालयले यो विषयलाई नजरअन्दाज गरिदिन पनि सक्छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sarita thapa

    aalu

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?