शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँ द्वार

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँ द्वार

सारांश

  • कञ्चनपुर, ९ पुस ।
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँ द्धार खुल्ने भएको छ ।
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ ।

कञ्चनपुर, ९ पुस । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँ द्धार खुल्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ ।

पत्रमा निकुञ्जलाई विभागले तीन बुँदे निर्देशनात्मक आदेश दिँदै निकुञ्ज, मध्यवर्ती क्षेत्र, बेलडाँडी रेञ्जपोष्टबाट नयाँ प्रवेशद्वार खोली कार्यालयको स्वीकृत सङ्गठन तथा व्यवस्थापन अनुसार मौजुदा जनशक्तिबाट सञ्चालनमा ल्याउने, टिकट काउण्टरलगायत न्यूनतम पर्यटकीय पूर्वाधारको सुविधा कार्यालयको वार्षिक कार्यक्रम, सरोकारवाला निकायको समन्वय सहयोग तयार गर्दै जाने र पर्यटक, प्रकृति पथप्रदर्शक, राजश्व सुरक्षा व्यवस्था कार्यालयले मिलाई समयमै नियमित रुपमा राजश्व राखिला गर्न भनिएको छ ।

विभागका सहायक व्यवस्थापन अधिकृत विष्णुप्रसाद थपलियाले हस्ताक्षर गरेको पत्रमा १६ असोजको निर्णयअनुसार कार्यान्वयन गराउन निर्देशन दिइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले विभागले दिएको पत्रअनुसार प्रवेशद्वार खोल्नेबारे कार्य अगाडि बढाइन लागेको बताए ।

‘नयाँ खुल्ने प्रवेशद्वारसँगै जङ्गल सफारीका लागि समेत कार्य अगाडि बढाइन्छ,’ उनले भने । नयाँ प्रवेशद्वार खुलेमा भारतीय पर्यटक भित्र्याउन सहज हुने देखिएको छ । अहिले पर्यटकले निकुञ्जको मुख्य कार्यालय रहेको मझगाउँबाट मात्रै निकुञ्ज प्रवेश गर्न पाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?