गृहमन्त्री थापाको ब्रिफिङ पछि महानिरीक्षक अर्याल बिदामा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २१, २०७४
|
१०
|
३४ पटक हेरिएको
Shares
गृहमन्त्री थापाको ब्रिफिङ पछि महानिरीक्षक अर्याल बिदामा !

सारांश

  • काठमाडौं ।
  • गृहमन्त्री रामबहादुर थापाले ब्रिफिङ लिएपछि प्रहरी महानिरीक्षक प्रकाश अर्याल बिहीबारदेखि पाँच दिन बिदामा बसेका छन् ।
  • कर्मचारी प्रशासन एवं मानव स्रोत विभागले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद गौतमलाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न‘पर्ने भन्दै उनको बढुवा फाइल उठाएपछि उनी बिदामा बसेको स्रोतले जनाएको छ ।

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ब्रिफिङ लिएपछि प्रहरी महानिरीक्षक प्रकाश अर्याल बिहीबारदेखि पाँच दिन बिदामा बसेका छन् । कर्मचारी प्रशासन एवं मानव स्रोत विभागले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद गौतमलाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न‘पर्ने भन्दै उनको बढुवा फाइल उठाएपछि उनी बिदामा बसेको स्रोतले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बुधबार बिहानैदेखि बिदामा बस्न लागेका अर्याल नवनियुक्त गृहमन्त्री थापाको आकस्मिक प्रहरी मुख्यालय निरीक्षणको कार्यक्रम तोकिएका कारण त्यस दिनको बिदालाई बिहीबार बनाएर सोमबारसम्म बिदा लिएका हुन् । अर्याल निकट स्रोतका अनुसार चार दिन बिदा र यो बीचमा हुने चार दिनको सार्वजनिक बिदासमेत जोड्दा जम्मा आठ दिनपछि हाजिर हुने कार्यक्रम तय भएको छ ।

एसएसपीको ५५ वर्षे उमेरहदका कारण यही २३ फागुनमा अनिवार्य अवकाश पाउन लागेका एसएसपी गौतमलाई बढुवा गर्न‘पर्ने भएपछि उनी बिदामा बसेका हुन् । आईजीपी अर्यालसँगै २९ चैत ०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका गौतम यही २३ फागुनमा ५५ वर्ष पुग्दैछन् । प्रहरी नियमावलीअनुसार एसएसपीको उमेरहद ५५ वर्ष र पदावधि ६ वर्ष कायम छ ।

एक महिनामै अवकाशमा जानेलाई किन बढुवा गर्न‘प¥यो ? कोही कसैलाई पूर्वडीआईजी बन्न मन लाग्यो भन्दैमा राज्यकोषलाई भार पार्ने गरी जथाभावी निर्णय गर्ने ?’ आक्रोश पोख्दै प्रहरी मुख्यालयका एक डिआईजीले भने, ‘अवकाशको मुखमा रहेको प्रहरी नेतृत्वले बढुवालगायतका दीर्घकालीन महत्वका निर्णय गर्न पाउँदैन ।’ गौतम आगामी २३ फागुनभित्र डिआइजीमा बढुवा नभए एसएसपीबाटै स्वतः अवकाश पाउनेछन् भने डिआइजी भएको खण्डमा आगामी २८ चैतमा ३० वर्षे सेवाहदका कारण आईजीपी अर्यालसँगै स्वतः अवकाश पाउनेछन् ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Harka Bahadur Magar

    Teshta hakimlai ta nilaman garidiya bhaigoni

    Comment Author

    Prakash Pandey

    What Aryal doing is great! Is there any game of large amounts for the person who wants to promote SSP? If so, please stop it. His tenure is only for two days more.

    Comment Author

    Jay Gorkhali Nirman Sewa

    bida bai uthayera jeil halnu ni aphai kirte garne aru kirte ko arop lagaune asakchhem igp lai.

    Comment Author

    Surya Shrestha

    यो साले देउवाको हलिलाइ बिदामै राखेर सदाको लागि थन्क्याइ दिए पनि हुन्छ ।

    Comment Author

    Gurung Santosh

    Oli ko hanuman saga pani sakiyana ba din ko yak patak deupa kai Name linchan thanks la & jaya nepal

    Comment Author

    Surya Shrestha

    ओलिको हनुमान होईन , गल्ती गरे ओलिको होईन , उसको बाउको पनि घाँटी अठ्याउनुपर्छ । हामी नागरिक हौं , कसैको झोला बोक्ने झोले होइनौं , हरेक झोलेहरुलाइ झोला बोक्नुमै गर्व होला तर हामी नागरिक भएर समयानुकूलको यथार्थ बोल्नुलाइ गर्व मान्छौ ।

    Comment Author

    Gurung Santosh

    Haha Nikai kadkiyo ta ba vane pachi oli bata galti vako chaina ahile samma kina ki oli ko birod gareko dekhechauna ya gatheya

    Comment Author

    Surya Shrestha

    प्रस्तुति हेरेर प्रस्तुत हुने हो मित्र, कड्किएको भ्रममा नपरौ । ओलिले गल्ती नै गरेको छैन भनेर दाबी गर्ने अधिकार कसैलाई छदैछैन तर अब त नेपाली नेताहरूको मुल्यांकन गर्दा गल्तीको मात्रालाई , मात्रै असल र खराबको मापक बनाउनुपर्छ । भनेको मतलब थोरै गल्ती गर्ने, धेरै गल्ती गर्ने भन्दा असल भनेर मान्नुपर्ने हुन्छ ।

    Comment Author

    Nagendra Chongbang

    Khate ijyat navhayeko aeuta yugako anta vhayexa.

    Comment Author

    Bhavishwor Pandey

    Deubako pachipachi satijala jastox.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ