कोरोना प्रकोपः ४० हजार नेपालीको भिषा प्रभावित हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
कोरोना प्रकोपः ४० हजार नेपालीको भिषा प्रभावित हुने

सारांश

  • कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ ।
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले ३५ देखि ४० हजारको हाराहारीमा नेपाली कामदारको भिसा लाग्ने अवस्थामा रहेको जानकारी दिएका छन् ।
  • भिसा लागि सके पछि ३ महिना भित्र त्यस देशमा काम गर्न जाने कामदार प्रवेश गर्ने कानुनी प्रावधान भएको समेत श्रेष्ठले जानकारी दिएका छन् ।

कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले ३५ देखि ४० हजारको हाराहारीमा नेपाली कामदारको भिसा लाग्ने अवस्थामा रहेको जानकारी दिएका छन् ।

भिसा लागि सके पछि ३ महिना भित्र त्यस देशमा काम गर्न जाने कामदार प्रवेश गर्ने कानुनी प्रावधान भएको समेत श्रेष्ठले जानकारी दिएका छन् । भिसाको समय सिमा भित्र प्रवेश नगरे कामदारलाई कालोसूचीमा राख्ने कतारको प्रावधान भएकोले कालो सूचीमा नराख्नको लागि सरोकारवाला निकाय सँग छलफल गरिरहेको महासचिव श्रेष्ठले जानकारी दिएका छन् ।

कतार सरकारले कारोना भाईरस (कोभिड १९) कोे संक्रमण फैलन नदिन नेपाली सँगै (१४) देश चीन, बंगलादेश, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाईल्याण्डका नागरिकले मार्च ९ (सोमवार) देखि नै कतार प्रवेश गर्न रोक लगाईएको हो । कतार सरकारले आफनो देशमा कोरोना भाइरस फैलिन नदिन यस्तो निर्णय गरिएको जनाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?