विद्युत् चोरीमा संलग्न आठ पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
विद्युत् चोरीमा संलग्न आठ पक्राउ

सारांश

  • विराटनगर, ३ फागुन, विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ ।
  • प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्राधिकरणले जनाएको छ ।
  • यसरी पक्राउ पर्नेमा कटहरी–६ बस्ने जितेन सरदार, आनन्द सरदार, दिलीप राजवंशी, नीतिलाल राजवंशी, जीतनारायण सरदार, पहाडी सरदार, वर्ष ५२ को महेन्द्र सरदार र धर्मेन्द्र सरदार छन् ।

विराटनगर, ३ फागुन, विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ ।

प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्राधिकरणले जनाएको छ ।

यसरी पक्राउ पर्नेमा कटहरी–६ बस्ने जितेन सरदार, आनन्द सरदार, दिलीप राजवंशी, नीतिलाल राजवंशी, जीतनारायण सरदार, पहाडी सरदार, वर्ष ५२ को महेन्द्र सरदार र धर्मेन्द्र सरदार छन् ।

सबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

तस्करीको सामान बरामद

‘सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान’ अन्तर्गत प्रहरीले करिब रु दुई लाख मूल्य बराबरको तस्करीको सामान आज बिहान बरामद गरेको छ ।

विराटनगरस्थित प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट भन्सार छली तथा चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, लत्ताकपडा, मरिच, सुपारी साइकल र रिक्सालगायतकोे सामान बरामद गरेको हो ।

उक्त सामान अनुसन्धानपश्चात् कारबाहीका लागि भन्सार कार्यालयमा आज बुझाइएको प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुन मुद्रा कतिमा हुँदै छ काराेबार?
आज कुन मुद्रा कतिमा हुँदै छ काराेबार?
विदेशीलाई भिसामा कडाइ
विदेशीलाई भिसामा कडाइ
एमाले माओवादी एकताको अर्को साइत ‘मजदूर दिवस’
एमाले माओवादी एकताको अर्को साइत ‘मजदूर दिवस’
शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने
शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको निर्देशनः खादामालामा भुल्ने समय छैन, परिणाम दिनेगरी काम गरौँ
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको निर्देशनः खादामालामा भुल्ने समय छैन, परिणाम दिनेगरी काम गरौँ
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
वडाध्यक्ष पुर्पक्षका लागि थुनामा
संसदीय समिति विरुद्ध रन्किए लालबाबु पण्डित
संसदीय समिति विरुद्ध रन्किए लालबाबु पण्डित
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र  माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग
लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग