शक्तिकेन्द्रको साथमा सुन तस्कर हुने गरेको खुलासा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७३
|
|
१५९ पटक हेरिएको
Shares

सारांश

  • सुन पसलकै मालिकहरुले शक्तिकेन्द्रको दुरुपयोग गरी सुन तस्करी गरेको खुलेको खबर आजका पत्रपत्रिकामा छापिएको छ ।
  • प्रशासनिक तथा राजनीतिक शक्तिकेन्द्रको दुरुपयोग गरी उनीहरुले सुन तस्करी गरेको प्रहरीले दाबी गरेको यो खबर आजको राजधानीमा खवर छ ।
  • झन्डै डेढ महिनाअघि राजधानीबाट पक्राउ परेको ३३ किलो सुन तस्करीमा राजधानीका दुई नाम चलेका सुन पसलको मालिक संलग्न रहेसँगै शक्तिकेन्द्रको दुरुपयोग भएको समेत प्रहरीले जनाएको छ ।

सुन पसलकै मालिकहरुले शक्तिकेन्द्रको दुरुपयोग गरी सुन तस्करी गरेको खुलेको खबर आजका पत्रपत्रिकामा छापिएको छ । प्रशासनिक तथा राजनीतिक शक्तिकेन्द्रको दुरुपयोग गरी उनीहरुले सुन तस्करी गरेको प्रहरीले दाबी गरेको यो खबर आजको राजधानीमा खवर छ ।

झन्डै डेढ महिनाअघि राजधानीबाट पक्राउ परेको ३३ किलो सुन तस्करीमा राजधानीका दुई नाम चलेका सुन पसलको मालिक संलग्न रहेसँगै शक्तिकेन्द्रको दुरुपयोग भएको समेत प्रहरीले जनाएको छ ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा न्युरोडमा रहेको आरके ज्वेलर्सका सञ्चालक रोजेन्द्र के शाक्य, मालिका शाक्य र सालिमार ज्ेवलर्सका मालिक रामकृष्ण गोयल, कुसुम गोयल, राहुलको संलग्नता रहेको तथ्य सार्वजनिक भएको हो ।

उनीहरु पक्राउ नपरिसकेकाले कुन कुन शक्तिकेन्द्रको दुरुपयोग गरे भन्ने बिषयमा थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?