काठमाडौंमा स्मार्ट ट्राफिक लाइट बल्न थाल्यो !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
काठमाडौंमा स्मार्ट ट्राफिक लाइट बल्न थाल्यो !

सारांश

  • काठमाडौंका ७ स्थानमा स्मार्ट ट्राफिक लाइट बल्न थालेको छ।
  • नयाँबानेश्वर चोक, पुतलीसडकको पद्मोदय मोड, कुमारी बैंक अगाडि, महाराजगंजको नारायण गोपाल चोक, सोल्टी मोड र काठमाडौं महानगरपालिकाको अगाडि स्मार्ट ट्राफिक लाइट बल्न थालेको हो।
  • आज दिउँसो ३ बजे बानेश्वर चोकबाट ट्राफिक लाइट बालेर त्यसको शुभारभ्भ गर्ने तयारी छ।

काठमाडौंका ७ स्थानमा स्मार्ट ट्राफिक लाइट बल्न थालेको छ। नयाँबानेश्वर चोक, पुतलीसडकको पद्मोदय मोड, कुमारी बैंक अगाडि, महाराजगंजको नारायण गोपाल चोक, सोल्टी मोड र काठमाडौं महानगरपालिकाको अगाडि स्मार्ट ट्राफिक लाइट बल्न थालेको हो।

आज दिउँसो ३ बजे बानेश्वर चोकबाट ट्राफिक लाइट बालेर त्यसको शुभारभ्भ गर्ने तयारी छ। सबै चोकहरुमा परीक्षण सकिसकेको महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले जानकारी दिए। लामो समयदेखि ट्राफिक लाइट नचल्दा हातको इसाराले सवारी व्यवस्थापन हुँदै आएको राजधानीका मुख्य चोकहरुमा अब ‘स्मार्ट ट्राफिक लाइट’ ले काम गर्ने छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा ट्राफिक लाइट जडान गरिएको हो। स्मार्ट ट्राफिक लाइट जडान जिम्मा यार्सा टेक्नोलोजीले लिएको थियो। पहिला ट्राफिक लाइट जडान गरिएका ७ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरिने र पछि अन्य स्थानमा पनि विस्तार हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी खनालले बताए।

अब केशरमहल, दरबारमार्ग, सिंहदरबार, माइतीघर, कालिमाटी, गौशाला, तीनकुने लगायत स्थानमा ट्राफिक लाइट जडान गरिने खनालले जानकारी दिए। यार्सा टेक्नोलोजीले लाइट बनाएपछि पाँच वर्ष रेखदेख गर्ने यार्सा टेक्नोलोजीका इन्जिनियर सिद्धिक अन्सारीले बताए।

‘सवारी चालकहरुले राजधानीका चोकमा बढीमा डेढ मिनेटभन्दा बढी जाम बस्न नपर्ने गरी काम अघि बढाइरहेको खनालले बताए। ‘सोलारबाट ट्राफिक लाइट बल्छ,’ यार्सा टेक्नोलोजीका रामचन्द्र खड्काले भने, ‘लाइन जाँदा र बाटोघाटो बनाउँदा पनि त्यसले असर गर्दैन।’

ट्राफिक लाइट भएपछि जनशक्ति कम लाग्नेछ। उपत्यकाको ट्राफिक व्यवस्थापनमा १ हजार ४ सय ट्राफिक खटिएका छन्। लाइट जडानपछि बढीमा ५ सय भए पुग्ने महाशाखाले जनाएको छ।

त्यसपछि जाम कम हुने, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्न महाशाखाको विश्वास छ।
उपत्यकाका चार स्थानमा मात्र ट्राफिक लाइटले काम गर्छ। भक्तपुरको सूर्यविनायक, कौशलटार, गठ्ठाघर र सल्लाघारीमा रहेका लाइट मात्र बल्छन्।
ललितपुरका तीन स्थानमा पनि ट्राफिक लाइट जडान हुँदैछ। कानदेवता, मन्त्री क्वाटर छिर्ने पुल्चोक र अल्का अस्पतालअगाडि ट्राफिक लाइट जडान गर्न लागेको ललितपुर महानगरपालिकाले जनाएको छ।

ट्राफिक प्रहरीले उपत्यकाका ३४ स्थानमा ट्राफिक लाइट थप्नुपर्ने भन्दै महानगरपालिका र सडक विभागमा लेखि पठाएको छ । चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचोर हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारा लगायत स्थानमा जाम बढेको भन्दै ट्राफिक प्रहरीले लाइट आवश्यक भएको बताएको छ।

नेपालमा ट्राफिक लाइट जडान सुरुमा २०२४ सालमा गरिएको थियो। त्यसबेला सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा लाइट जडान भए पनि पछि काम गर्न छाड्यो। सवारी जाम बढ्दै गए पनि लाइट बलेन।

त्यसपछि जापान सरकारले २०५८ सालमा थापाथलीमा ट्राफिक लाइट जडान गरेको थियो। जापान सरकारले नै फेरि उपत्यकाका विभिन्न १० स्थानमा त्यसै वर्ष लाइट जडान गर्यो । ती ११ स्थानका लाइट २०६७ सालदेखि काम नलाग्ने भए।

(valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रम ओली र नेपालबीच बैठकमै भनाभन, ओलीले भने तपाईको शुभकामना चाहिएन
प्रम ओली र नेपालबीच बैठकमै भनाभन, ओलीले भने तपाईको शुभकामना चाहिएन
पेट्रोल पम्प सञ्चालको धारिलो हतियार प्रयोग गरी हत्या
पेट्रोल पम्प सञ्चालको धारिलो हतियार प्रयोग गरी हत्या
बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता
बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता
हेलिकप्टर कम्पनीले पनि ५४ लाख कर बक्र्यौता तिर्न बाँकी
हेलिकप्टर कम्पनीले पनि ५४ लाख कर बक्र्यौता तिर्न बाँकी
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
यी पाकिस्तानी अभिनेता जो नेपालमा पण्डित बने
यी पाकिस्तानी अभिनेता जो नेपालमा पण्डित बने
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी
स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी
काठमाडौको मौलिक संस्कृति दाफा भजन संकटमा
काठमाडौको मौलिक संस्कृति दाफा भजन संकटमा
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल

तपाईंले छुटाउनुभयो कि?