प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १, २०७६
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण भएको १२ वर्ष बितिसकेको छ ।
  • यसबीच उनले व्यक्गित जीवन देखि राजनीतिक जीवनको कठिन आरोह अवरोह पार गरे ।
  • तैपनि, स्वास्थ्यमा ख्याल गर्दै सक्रिय जीवन बिताइरहे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण भएको १२ वर्ष बितिसकेको छ । यसबीच उनले व्यक्गित जीवन देखि राजनीतिक जीवनको कठिन आरोह अवरोह पार गरे । तैपनि, स्वास्थ्यमा ख्याल गर्दै सक्रिय जीवन बिताइरहे ।

ओलीले यसै वर्ष साउन र भदौमा सिंगापुर गएर उपचार गरे । पछिल्लो समय ग्रान्डी अस्पतालमा डायलसिस गर्न थालेका छन् । शनिबार तेस्रोपटक हेमोडायलसिस गरे । बिदाको दिन पारेर डायलसिस गरेका उनी अस्पतालसम्म गाडीमा पुगेर ठमठम हिंडेर उपचार कक्षसम्म पुगे । डायलसिस गरी फर्कंदा सञ्चारकर्मीलाई देखेर मुस्कुराउँदै गुड आफ्टरनुन भन्दै गाडी चढेर बालुवाटार फर्किए ।

हेमोडायलसिसपछि प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेल प्रेस विज्ञप्तिमार्फत् प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पहिले जस्तै राम्रो रहेको उल्लेख गरे । पाण्डेले यसअघि नै रेडियो अन्तवार्तामार्फत् प्रधानमन्त्रीको स्वास्थ्य राम्रो रहेको र निकै सक्रियतापूर्वक काम गर्न सक्ने बताएका थिए ।

ओली स्वास्थ्योपचारका लागि अमेरिका जाने विषयबारे पनि छलफल भएको छ । यसबारे परामर्श समेत गरिएको बुझिएको छ । पुनः मृगौला प्रत्यारोपणको प्रसंग पनि नचलेको होइन ।

ओली मृगौला प्रत्यारोपणको १२ वर्षपछि पनि सक्रियतापूर्वक काम गर्न सक्नुमा खानपान र दैनिक जीवनमा अनुशासन मुख्य कारण रहेको छ । यसको खुलासा डा. पाण्डेले गरेका छन् । सफासुग्घर भएर बस्नुपर्ने र भोजनमा निकै ध्यान दिने ओलीको स्वभाव रहेको छ । यसका अलावा उनमा गजबको आत्मबल छ जसले उनलाई सक्रिय र ऊर्जावान बनाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
पर्सा,बाजुरा र सुनसरीमा आगलागीबाट क्षति
पर्सा,बाजुरा र सुनसरीमा आगलागीबाट क्षति
आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा
आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु
हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए, बाँचे र सेनासँग फोन सम्पर्कमा आए
हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए, बाँचे र सेनासँग फोन सम्पर्कमा आए
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन तयार गरिएको वार्षिक कार्ययोजना सचिवालयबाट पारित
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन तयार गरिएको वार्षिक कार्ययोजना सचिवालयबाट पारित
प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी, सात हजारको मृत्यु
प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी, सात हजारको मृत्यु
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद
नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद

तपाईंले छुटाउनुभयो कि?