क्यान्सरपीडित बालकलाई गाउँलेबाट सहयोग !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
क्यान्सरपीडित बालकलाई गाउँलेबाट सहयोग !

सारांश

  • पर्वत, २७ साउन ।
  • पर्वतको कुश्मा नगरपालिका–१४ का रक्त क्यान्सरबाट पीडित बालक अर्जुन गौतमको उपचारका लागि छिमेकी र गाउँवासीले आर्थिक सहयोग गरेका छन् ।
  • रक्त क्यान्सर पीडित अर्जुन बचाउ अभियानअन्तर्गत कुश्मा नगरपालिका वडा नं ११ र १४ वासी छिमेकी र गाउँलेबाट सङ्कलन गरिएको रकमको दोस्रो किस्ताबापतको आर्थिक सहयोग पीडितलाई हस्तान्तरण गरिएको छ ।

पर्वत, २७ साउन । पर्वतको कुश्मा नगरपालिका–१४ का रक्त क्यान्सरबाट पीडित बालक अर्जुन गौतमको उपचारका लागि छिमेकी र गाउँवासीले आर्थिक सहयोग गरेका छन् । रक्त क्यान्सर पीडित अर्जुन बचाउ अभियानअन्तर्गत कुश्मा नगरपालिका वडा नं ११ र १४ वासी छिमेकी र गाउँलेबाट सङ्कलन गरिएको रकमको दोस्रो किस्ताबापतको आर्थिक सहयोग पीडितलाई हस्तान्तरण गरिएको छ । छिमेकी र गाउँले मिलेर गठन गरेको ‘अर्जुन बचाउ अभियान’ले सङ्कलन गरेको रु एक लाख ८८ हजार १७७ शनिबार हस्तान्तरण गरिएको स्थानीयवासी सुरेन्द्र शर्मा गौतमले जानकारी दिए । अभियानले गौतमको उपचारका लागि रु दुई लाख ८७ हजार ७७१ सङ्कलन गरेको थियो । पहिलो किस्ताको रकम यसअघि नै हस्तान्तरण गरिएको थियो ।

सहयोगका लागि स्थानीय गोविन्द पौडेलको अध्यक्षतामा मूल समिति गठन गरी देश विदेशमा सामाजिक सञ्जालसमेत प्रयोग गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।
समितिले कसैले सहयोग रकम राखेको भए एक हप्ताभित्र परिवारलाई हस्तान्तरण गरिदिन अनुरोध गरेको छ । आर्थिक अवस्था कमजोर रहेका गौतमको उपचारका लागि विभिन्न संस्थाले अभियान सञ्चालन गरिरहेका छन् । उनको उपचारमा रु २० लाख खर्च लाग्ने बताइएको छ । अहिलेसम्म झण्डै रु १५ लाख सहयोग सङ्कलन भइसकेको छ । कुश्मा नगरपालिका–११ पकुवामा रहेको वीरेन्द्र माविमा कक्षा ९ मा अध्ययनरत् पीडित बालकको एक वर्षदेखि भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इशा देओल श्रीमानसँग अलग
इशा देओल श्रीमानसँग अलग
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
अशक्तको सहारामा रोल्पाका तीन बालबालिका
अशक्तको सहारामा रोल्पाका तीन बालबालिका
जलवायु परिवर्तनको असर जनस्वास्थ्यमा कसरी पर्छ ?
जलवायु परिवर्तनको असर जनस्वास्थ्यमा कसरी पर्छ ?
ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल
ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल
प्रचण्डको हातमा घुमिरहेछ सरकारको साँचो : कांग्रेसलाई पर्यो चिठ्ठा, एमाले बेचैन
प्रचण्डको हातमा घुमिरहेछ सरकारको साँचो : कांग्रेसलाई पर्यो चिठ्ठा, एमाले बेचैन
एमाले-माओवादी सीट बाँडफाँटः कुन प्रदेशमा कति ?
एमाले-माओवादी सीट बाँडफाँटः कुन प्रदेशमा कति ?
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सबै शाखाहरुलाई महासंघको आग्रह
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सबै शाखाहरुलाई महासंघको आग्रह
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
नागढुङ्गा–धुलिखेल मेट्रो: ६ कम्पनी योग्य
नागढुङ्गा–धुलिखेल मेट्रो: ६ कम्पनी योग्य

तपाईंले छुटाउनुभयो कि?