नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘नेपालरत्न’

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
३१ पटक हेरिएको
Shares
नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘नेपालरत्न’

सारांश

  • काठमाडौं, १ बैशाख ।
  • सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकी हुन्।

काठमाडौं, १ बैशाख । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकी हुन्। उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले ग्रहण गरेका थिए।

त्यस्तै राष्ट्रपतिले सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त) र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा विभूषित गरिन्।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकद्वारा विभूषित गरियो।

विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको थियो। राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका उनीहरुलाई राष्ट्रपतिले आज सुशोभित गरेकी हुन्।

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए।

यसैबीच राष्ट्रपतिले राष्ट्रिय समाचार समिति (रासस) का प्रशासन प्रमुख उत्तम सिलवाललाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) मानपदवीद्वारा विभूषित गरिन्। राससमा झण्डै २० वर्षदेखि सेवारत उनले यसअघि उपप्रमुख समाचारदाता र कार्यकारी व्यवस्थापकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनम पाण्डेलाइ यसरी निकालेको रहेछ प्रहरीले डेजाभु क्लब बाट !
पुनम पाण्डेलाइ यसरी निकालेको रहेछ प्रहरीले डेजाभु क्लब बाट !
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
सीमा स्तम्भ पुनर्निर्माण शुरु
सीमा स्तम्भ पुनर्निर्माण शुरु
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै
फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
  जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक
  जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक
‘Sasural Genda Phool’ actor Jay Soni finally shares the first glimpse of his newborn baby girl!
‘Sasural Genda Phool’ actor Jay Soni finally shares the first glimpse of his newborn baby girl!
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी
निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी

तपाईंले छुटाउनुभयो कि?