निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम खारेज !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ३१ वैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम खारेज गर्ने संकेत दिएका छन् ।
  • सत्तारुढ एमाले, माओवादी र विपक्षी कांग्रेसका सांसदले समेत पूर्वाधार विशेष कार्यक्रमको बजेट १० करोड बनाउन दबाब दिइरहेका बेला सरकार भने कार्यक्रम नै खारेज गर्ने तयारी गरेको बताइएकाे छ।

काठमाडाै, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम खारेज गर्ने संकेत दिएका छन् ।

सत्तारुढ एमाले, माओवादी र विपक्षी कांग्रेसका सांसदले समेत पूर्वाधार विशेष कार्यक्रमको बजेट १० करोड बनाउन दबाब दिइरहेका बेला सरकार भने कार्यक्रम नै खारेज गर्ने तयारी गरेको बताइएकाे छ।

संसदमा प्रि बजेट छलफल भइरहेका बेला अर्थमन्त्री डा युवराज खतिवडाले आगामी बजेटमा निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रममा बजेट विनियोजन नगर्ने संकेत गरेका हुन ।

एमाले सांसदहरुले  अर्थमन्त्री खतिवडाले नै प्रधानमन्त्रीलाई समेत कन्भिन्स गरेको आरोप लगाएका छन् । ‘१० करोड होइन, अहिले दिइएको ३ करोड पनि रोक्नुपर्छ भनेर कार्यक्रम खारेज गर्न अर्थमन्त्रीले नै प्रधानमन्त्रीलाई प्रभावित पारेको पाइयो’ एमालेका एक सांसदले अनलाइनखबरसँग भने ।

एमाले सांसदहरुले संसदीय दलको बैठकदेखि व्यक्तिगत र सामुहिक भेटघाटहरुमा पनि प्रधानमन्त्रीलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम जनताबीच जाने राम्रो माध्यम भएको भन्दै बजेटमा व्यवस्था गर्न दबाब दिइरहेका छन् । उनीहरुले खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईको संयोजकत्वमा दबाब समूह नै खडा गरेका छन्, जुन समूहमा सबै पार्टीका सांसद छन् ।

सरकारले भने आगामी बजेटमा सांसदहरुको माग बमोजिम निर्वाचन क्षेत्र विकास कोषमा १० करोड छुट्याउने होइन, यो आर्थिक वर्षमा कार्यन्वयनमा गइसकेको ३ करोड रुपैयासमेत रोक्ने संकेत गरेको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Good

    Comment Author

    Khadga Prasad Acharya

    राम्रो काम ।सम्सद लाइ कानुन बनाउन र बिकास निर्माणको सुपरिबेक्षण मा लगाइयोस।

    Comment Author

    Thakur Dharel Din Travels

    Yes good job

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले एमालेसँग एक्लै लड्ने सामर्थ्य गुमाइसक्यो ;योगेश भट्टराई
कांग्रेसले एमालेसँग एक्लै लड्ने सामर्थ्य गुमाइसक्यो ;योगेश भट्टराई
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित
‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित
पेटमा जलन भएमा के खाने जान्नुहोस् !
पेटमा जलन भएमा के खाने जान्नुहोस् !
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
एकैचोटी तीन बालिका हराए, ५ दिनसम्म अत्तोपत्तो छैन
एकैचोटी तीन बालिका हराए, ५ दिनसम्म अत्तोपत्तो छैन
कास्की-२ नेकपा उम्मेद्वार विद्या भट्टराई दोब्बर मतले अगाडि
कास्की-२ नेकपा उम्मेद्वार विद्या भट्टराई दोब्बर मतले अगाडि
Ishaan Khattar and Janhvi Kapoor shines on the Harper’s Bazaar magazine cover, see pics
Ishaan Khattar and Janhvi Kapoor shines on the Harper’s Bazaar magazine cover, see pics
राप्रपामा सकृय सदस्यता फारम बितरण अभियान शुरु, कमल थापाले बुझे फारम
राप्रपामा सकृय सदस्यता फारम बितरण अभियान शुरु, कमल थापाले बुझे फारम
‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी
‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी

तपाईंले छुटाउनुभयो कि?