पहिलो खेलमा नेपालले अमेरिकालाई हरायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
५३ पटक हेरिएको
Shares
पहिलो खेलमा नेपालले अमेरिकालाई हरायो

सारांश

  • काठमाडौं।
  • नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा विजयी शुरुवात गरेको छ।
  • टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ।

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा विजयी शुरुवात गरेको छ। टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

अमेरिकाका लागि शायान  जहानगिरले अविजित ६० रन बनाए भने आन्द्रेज गोउसले ३० तथा मिलिंद कुमारले २२ रन बनाएका थिए। त्यस्तै नेपालका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३ विकेट लिएका थिए भने गुलशन झा, करण केसी र रिजन ढकालले एक एक विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९  रन बनाएका थिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७-२७ रन बनाएका थिए। त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए। त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए।

यो जितपछि नेपालले ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब दोस्रो खेल आइतबार बिहान हुने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शाहरुखलाई पऱ्यो फसाद, घरमा भयो यस्तो
शाहरुखलाई पऱ्यो फसाद, घरमा भयो यस्तो
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
किसान चैते धानखेतीतर्फ आकर्षित…..
किसान चैते धानखेतीतर्फ आकर्षित…..
सगरमाथा ८८४८.८६ मिटर अग्लो
सगरमाथा ८८४८.८६ मिटर अग्लो
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको हेलिकप्टर दुर्घटनामा निधन
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको हेलिकप्टर दुर्घटनामा निधन
नेपालगञ्ज उपमहानगरपालिकामा  जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको  जित`
नेपालगञ्ज उपमहानगरपालिकामा जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको जित`
देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही