बालविकासका लागि बाध्यकारी कानून बनाइने : मुख्यमन्त्री राउत

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
३९ पटक हेरिएको
Shares
बालविकासका लागि बाध्यकारी कानून बनाइने : मुख्यमन्त्री राउत

सारांश

  • मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको लागि प्रदेशमा बाध्यकारी कानून बनाइने बताउनुभएको छ ।
  • प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूहले आज जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनुभएको हो ।
  • उहाँले भविष्यको कर्णधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वस्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानूनमार्फत स्थापित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको लागि प्रदेशमा बाध्यकारी कानून बनाइने बताउनुभएको छ ।

प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूहले आज जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनुभएको हो ।
उहाँले भविष्यको कर्णधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वस्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानूनमार्फत स्थापित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री राउतले बालविकासको लागि आवश्यक कानूनको खाका तयार पार्न समन्वय समूहलाई निर्देशन दिँदै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो । साथै प्रदेशमा सञ्चालनमा रहेको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमकै तर्जुमाका लागि बालविकासको छुट्टै अभियान चलाउनुपर्ने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले यस अभियानका लागि प्रदेश सरकार हर समय तत्पर रहने बताउनुभयो ।

समन्वय समूहका संयोजक एवं प्रदेशसभा सदस्य गोविन्द न्यौपानेको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्या पहाडी, एकबाल मियाँ, सरिता गिरी यादव, प्रदेशसभा सदस्य परमेश्वर साह, बाबुलाल साह, विज्ञसहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

What Guys Look For in a Girlfriend
२५० स्थानीय तहमा ‘क’ वर्गका बैंक जाँदै
२५० स्थानीय तहमा ‘क’ वर्गका बैंक जाँदै
लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका रामजी कुँवरलाई विजयी गराउने माओवादी केन्द्रको प्रतिबद्धता !
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
पाकिस्तानमा भाइरस फैलिएको भन्दै अमेरिकाविरुद्ध मुद्दा
पाकिस्तानमा भाइरस फैलिएको भन्दै अमेरिकाविरुद्ध मुद्दा
देशका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने
देशका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने
चुनावी गठबन्धनको तयारीमा माओवादी र समाजवादी
चुनावी गठबन्धनको तयारीमा माओवादी र समाजवादी
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर
हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्