खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
५९ पटक हेरिएको
Shares
खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन

सारांश

  • काठमाडौं ।
  • नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ ।
  • बुधबारबाट सुरु पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले प्रहरीले अनुसन्धानका लागि हिरासतमा पु¥याएका खाँणलाई पार्टीले निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ ।

बुधबारबाट सुरु पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले प्रहरीले अनुसन्धानका लागि हिरासतमा पु¥याएका खाँणलाई पार्टीले निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । सो प्रस्तावमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङले समर्थन जनाएका छन् ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने खाँण’bout मुख खोलेका छैनन् । संस्थापननिकट अन्य केही नेताले भने खाँणमाथिको अनुसन्धान नसकिंदासम्म उनलाई कारबाही गर्न नहुने धारणा बैठकमा राखिरहेका छन् ।

बिहीबारसमेत सभापति देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले खाँणलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए ।

‘खाँणले आफू निर्दोष छु भनिरहनु भएको छ, उहाँले कि आफैं म प्रहरीलाई अनुसन्धानमा सघाउँछु र अनुसन्धान नटुंगिँदासम्म पार्टीको कुनै पनि जिम्मेवारीमा रहन्न भन्नुप¥यो कि पार्टीले नै उनलाई निलम्बन गरेर अनुसन्धानमा सघाउँछ भन्नुप¥यो, कांग्रेसले बोल्नुप¥यो,’ पदाधिकारी बैठकमा महामन्त्री थापाले राखेको धारणा’bout जानकारी दिँदै कांग्रेसका एक सहमहामन्त्रीले राजधानीसँग भने ।

बैठकमा सभापति देउवाले भने कुनै ठोस जवाफ फर्काएका छैनन् । उनले पदाधिकारी तथा पूर्व पदाधिकारीले राखेका राय सुनिरहेका छन् । तर, सभापतिनिकट केही नेता भने खाँणका पक्षमा पार्टीले बोल्नुपर्ने भन्दै सभापतिलाई सुझाइरहेका छन् । खाँण कांग्रेस केन्द्रीय सदस्य हुन् ।

‘सभापतिले जवाफ दिनुभएको छैन, उहाँले सुनिरहनु भएको छ, तर सभापति निकटका केही नेता खाँणका पक्षमा उभिनुभएको छ,’ कांग्रेसका ती सहमहामन्त्री भन्छन् ।

देउवाले कुनै जवाफ नदिएपछि महामन्त्री थापाले बैठकमा नै देउवालाई तपाईंको धारणा के हो ? भन्दै प्रश्न गरेका थिए ।

‘एमाले अध्यक्ष केपी ओलीले संसद्मा बोल्छु भन्नुभयो, तपाईंको धारणा के हो ?’ थापाले सभापति देउवालाई प्रश्न गर्दै भने ।

कांग्रेस बैठकमा सहमहामन्त्री महेन्द्र यादव भने खुलेरै खाँणको पक्षमा उभिएका छन् । उनले बैठकमा महामन्त्री थापाले राखेको प्रस्तावमा प्रतिवाद नै गरेका छन् । यस्तै पूर्वउपसभापति विजयकुमार गच्छेदारले पनि बैठकमा खाँणलाई अप्ठयारो परेका बेला पार्टीले साथ दिनुपर्ने राय राखेका छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले भने खाँण पक्राउ परेपछिको अवस्था’bout बैठकमा ब्रिफिङ गरेका थिए । यस्तै उनले पार्टीको आन्तरिक बैठकका विषय बाहिर गएप्रति पनि नेताप्रति गुनासो गर्दै आपत्ति जनाएका थिए ।

कांग्रेस बैठकमा खाँणले आफू निर्दोष भएको दाबी गरेको विषयमा समेत चर्चा भइरहेको छ । तर, संस्थापनइतर पक्षका नेताहरूले भने जनताको मत बुझेर कांग्रेसले निर्णय नगरे कांग्रेसलाई एक नेताका कारण अहित हुने भन्दै सोचेर निर्णय लिइनुपर्ने राय राखेका छन् ।

कांग्रेसका अर्का सहमहामन्त्री जीवन परियारले कांग्रेसले खाँणलाई तत्काल कारबाही नगर्ने जानकारी दिए । उनले खाँणले प्रहरी अनुसन्धानलाई सघाउँछु भनिरहेको भन्दै पार्टीले अनुसन्धानको निष्कर्षपछि मात्रै खाँण’ निर्णय लिने जानकारी दिए ।

‘उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ, हामीले अदालतको निर्णय पर्खिनुपर्छ, यो विषयमा कसैले पनि फरक मत राख्नुभएको छैन, तत्काल कारबाही नगर्ने विषयमा पार्टीभित्र कुनै विवाद छैन,’ पदाधिकारी बैठकपछि सहमहामन्त्री परियारले सञ्चारकर्मीसँग भने ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’
सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’
चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन
सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन
अब हुने सबै निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : पम्फा भुषाल
अब हुने सबै निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : पम्फा भुषाल
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
किन ट्रम्पले मोदीको कोटभित्र हात हाले
किन ट्रम्पले मोदीको कोटभित्र हात हाले
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
दोलखामा ढिलोगरी मतगणना सुरु, क्षेत्र नम्बर १ को मतगणना कांग्रेसद्वारा बहिष्कार
दोलखामा ढिलोगरी मतगणना सुरु, क्षेत्र नम्बर १ को मतगणना कांग्रेसद्वारा बहिष्कार
अमेरिकन डलरकाे भाउ स्थिर रहँदा युराेकाे बढ्याे
अमेरिकन डलरकाे भाउ स्थिर रहँदा युराेकाे बढ्याे