नेपाल एयरलाइन्सका २५ पाइलटले दिए सामुहिक राजीनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
नेपाल एयरलाइन्सका २५ पाइलटले दिए सामुहिक राजीनामा

सारांश

  • काठमाडौं।
  • सेवा-सुविधामा विभेद भएको भन्दै नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजीनामा पत्र बुझाएका छन्।
  • बिहीबार असन्तुष्ट पाइलटहरुले 'राजीनामा नोटिस' लेखिएको चेतावनीपत्र व्यवस्थापनसमक्ष बुझाएका हुन्।

काठमाडौं। सेवा-सुविधामा विभेद भएको भन्दै नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजीनामा पत्र बुझाएका छन्। बिहीबार असन्तुष्ट पाइलटहरुले 'राजीनामा नोटिस' लेखिएको चेतावनीपत्र व्यवस्थापनसमक्ष बुझाएका हुन्। 'राजीनामा नोटिस' लेखिएको पत्रमा २० पाइलटको हस्ताक्षर छ।

नेपाल एयरलाइन्सका निमित्त कार्यकारी निर्देशक गणेशबहादुर चन्दले पाइलटहरुले विभिन्न माग राख्दै सामूहिक राजीनामा पत्र बुझाएको जानकारी दिए।उनले भने,' विदेशी र स्वदेशी पाइलटबीच सेवा-सुविधामा विभेद गरेको भन्दै २ दर्जन पाइलटले बिहीबार लिखितपत्र बुझाएका हुन्।'

अन्तर्राष्ट्रिय उडान भर्ने निगमका ४० पाइलटमध्ये २५ जनाले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिने सबै स्थायी पाइलट हुन्। राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को-पाइलट हुन्।

निगमले हाल दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाजमार्फत ९ वटा स्थानमा उडान भर्दै आएको छ। राजीनामा स्वीकृत भएमा निगमको अन्तर्राष्ट्रिय उडान पूर्णरूपमा प्रभावित हुनेछ।

यसअघि नेपाल वायु सेवा निगमका मदन खरेलले पनि निगमको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयकै सचिव केदारबहादुर अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?