रु ४० करोड ठगेर बेपत्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
रु ४० करोड ठगेर बेपत्ता

सारांश

  • पोखरा, १९ भदौ ।
  • पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिला व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै रु ४० करोड ठगेर बेपत्ता भएकी छन् ।
  • डेढ दशकअघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्यांजा भाटखोला घर भई चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

पोखरा, १९ भदौ । पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिला व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै रु ४० करोड ठगेर बेपत्ता भएकी छन् ।

डेढ दशकअघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्यांजा भाटखोला घर भई चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

पोखराको बिरौटा बस्दै आएकी प्रमिला रानाभाटले भुजेलले आफ्नो रु दुई करोड ठगिएको बताउनुभयो । पन्ध्र वर्षसम्म उनीहरुसँग आपूmले लेनदेनको व्यवहार गर्दै आएकामा बेलाबेलामा लगेको पैसाको व्याज समयमै दिने र मागेका समयमा पैसा पनि फिर्ता गरिहाल्ने गरेकाले आपूm विश्वासमा परेको उहाँले बताउनुभयो ।

स्यांजा घर भई बगाले टोलमा बस्दै आएकी निर्मला शर्मा पराजुलीले आपूm रु ९० लाख ठगिएको बताउनुभयो । अनेक बहाना गरेपछि आपूmसँग भएको रु ८२ लाख र भाइसित मागेर रु आठ लाख निजलाई दिएको जिकिर गर्नुभयो ।

यस्तै बिरौटा बस्ने गायत्री अर्यालको रु ३५ लाख र मासवारकी सुशीला सिग्देलको रु १० लाख लिएर भुजेल भागेको प्रहरी प्रवक्ता खत्रीले बताउनुभयो । भारतीय सेनाबाट सेवानिवृत्त लक्ष्मण थापा, एक छोरा र दुई छोरीसहित उनी बेपत्ता भएपछि ठगिएका महिलाले उनको खोजी गर्न प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?