घट्यो सुनको भाउ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
५२ पटक हेरिएको
Shares
घट्यो सुनको भाउ !

सारांश

  • काठमाडौं ।
  • आज साताको चौँथो दिन बुधबार (आज) सुनको भाउ झन् ओरालो लागेको छ।
  • आज सुन तोलामा ६ सय रुपैयाँ घटेको हो ।

काठमाडौं । आज साताको चौँथो दिन बुधबार (आज) सुनको भाउ झन् ओरालो लागेको छ। आज सुन तोलामा ६ सय रुपैयाँ घटेको हो ।आज छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।यसअघि आइतबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार २ सय, सोमबार ७१ हजार रुपैयाँ, मंगलबार ७० हजार ८ सय थियो।आज सुनको भाउसँगै चाँदीको भाउपनि आरोलो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ।मंगलबार चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?