रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १८, २०७७
|
|
४७ पटक हेरिएको
Shares
रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?

सारांश

  • सोमबार राति अकस्मात प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रकट हुनुको विविधखाले राजनीतिक अर्थ लगाइएको छ ।
  • त्यसमध्येको बलियो बुझाई हो, प्रधानमन्त्रीले आफ्नो हातमा सत्तारक्षाका निम्ति कानुनी र संवैधानिक संरक्षण खोज्नुभएको छ ।
  • प्रधानमन्त्रीको चासो छ(आउनै लागेको नीति तथा कार्यक्रम र बजेटलाई सहज अनुमोदन र कार्यान्वयन गर्ने बाटोबारे ।

सोमबार राति अकस्मात प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रकट हुनुको विविधखाले राजनीतिक अर्थ लगाइएको छ । त्यसमध्येको बलियो बुझाई हो, प्रधानमन्त्रीले आफ्नो हातमा सत्तारक्षाका निम्ति कानुनी र संवैधानिक संरक्षण खोज्नुभएको छ ।

प्रधानमन्त्रीको चासो छ(आउनै लागेको नीति तथा कार्यक्रम र बजेटलाई सहज अनुमोदन र कार्यान्वयन गर्ने बाटोबारे । यदि सरकार कमजोर भएको स्थितिमा नीति तथा कार्यक्रम र बजेट ल्याइयो र अनुमोदन गराउन समस्या भए त्यसमा संवैधानिक र कानुनी व्यवस्था कस्तो हुन्छ ? किनभने, संसदबाट नीति तथा कार्यक्रम र बजेट अनुमोदन नहुनु भनेको अविश्वास प्रस्ताव पारित भएजत्तिकै स्थिति हो । सरकार नैतिक संकटमा पर्छ र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । यो स्थिति ०४८ को आम निर्वाचनबाट निर्वा्चित गिरिजा सरकारले ०५१ सालमा भोगेको थियो, ३६ भाइको विद्रोहबाट । यदि, फेरि त्यही स्थिति दोहोरिने हो भने त्यसको कानुनी तथा संवैधानिक निकासबारे प्रधानमन्त्रीले जान्न चाहनुभएको थियो ।

किनभने, अझै केही दिन थुन्नुपर्ने अतिवादी धारका अभियन्ता ज्ञानेन्द्र शाही भर्खरै बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाई हुँदा सर्वोच्चको आदेशले छुटे । त्यसपछि संवैधानिक,मानवअधिकार र मौलिक हकका प्रश्न जोडिएका मामिलामा एकमात्र न्यायाधीशले मुद्दा वा निवेदन हेर्ने कुरा व्यवहारिक हुन्छ र भन्ने प्रश्न उठ्यो । र, त्यसप्रकारका रिट दर्ता गर्ने बाटो पनि खुल्यो ।

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच केही कुरा मिलेका छन् । जस्तो कि, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आफ्ना अभिष्टसिद्धी नभएका नाममा संवैधानिक परिषद्लाई दुई वर्षदेखि किंमर्तव्यविमूढ बनाइएको छ । सोमबार रातिको भेटमा प्रधानमन्त्रीको यो मान्यतासँग प्रधानन्यायाधीशको सहमति व्यक्त भएको छ । यससँगै प्रमुख प्रतिपक्षी दलको नेताको उपस्थितिबेगर संवैधानिक परिषद्बाट हुने निर्णय बदर नहुने स्थितिबारे परामर्श भएको बुझिन्छ । अर्थात्, सम्भवतः प्रधानमन्त्री तत्कालै संवैधानिक परिषद्को बैठक बोलाएर कामहरु सिध्याउने चाहनामा हुनुहुन्छ ।(जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
अंग्रेजी नयाँ वर्षको दिन ‘राष्ट्रिय पोसाक दिवस’ मनाइँदै
अंग्रेजी नयाँ वर्षको दिन ‘राष्ट्रिय पोसाक दिवस’ मनाइँदै
कास्कीमा फरार अपराधी १९ वर्षपछि पक्राउ
कास्कीमा फरार अपराधी १९ वर्षपछि पक्राउ
शहरी पूर्वाधारमा लागनी गर्न अर्थमन्त्रीको आग्रह
शहरी पूर्वाधारमा लागनी गर्न अर्थमन्त्रीको आग्रह
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
सिङ्गटी हाइड्रोपावरको शेयर हाल्ने समयावधि थप
सिङ्गटी हाइड्रोपावरको शेयर हाल्ने समयावधि थप
पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भू-उपग्रह, पश्चिमा देश सशंकित
पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भू-उपग्रह, पश्चिमा देश सशंकित
रोल्पाली दिलबहादुरलाई साउदी अदालतले तोक्यो झण्डै ६३ लाख ब्लडमनि
रोल्पाली दिलबहादुरलाई साउदी अदालतले तोक्यो झण्डै ६३ लाख ब्लडमनि
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
कम्पनी छाडेका ८ नेपाली चोरी आरोपमा साउदीको जेलमा
कम्पनी छाडेका ८ नेपाली चोरी आरोपमा साउदीको जेलमा