यस्तो छ प्रधानमन्त्रीले डाक्टरसँग गरेको ४ सहमति
सारांश
- काठमाडौं, असोज १३ – डाक्टरहरु आन्दोलन स्थगित गरी नियमित स्वास्थ्य सेवा दिन सहमत भएका छन् ।
- बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल चिकित्सक संघबिच सहमति भएपछि डाक्टरहरु काममा फर्किएका हुन् ।
- डाक्टर तथा अस्पतालविरुद्ध आक्रमण तथा दुव्र्यवहार गर्नेमाथि कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं, असोज १३ – डाक्टरहरु आन्दोलन स्थगित गरी नियमित स्वास्थ्य सेवा दिन सहमत भएका छन् । बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल चिकित्सक संघबिच सहमति भएपछि डाक्टरहरु काममा फर्किएका हुन् ।
डाक्टर तथा अस्पतालविरुद्ध आक्रमण तथा दुव्र्यवहार गर्नेमाथि कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । संघले स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीमाथि हुने गरेका दुव्र्यवहारमा संलग्नलाई धरौटीबिना जेल सजाय हुनुपर्ने माग गर्दै गएको शुक्रबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन गर्दै आएका थिए ।
सहमति अनुसार डाक्टरको लापरवाही पुष्टि भए कारबाहीका लागि संघले पनि सहयोग गर्ने भएको छ । यस्तै, चिकित्सक तथा स्वास्थ्यकर्मीको जिम्मेवारी, कार्यदक्षता र त्यसअनुसारको पारिश्रमिक र सुविधा निर्धारण गर्न एक हप्ताभित्र ५ सदस्यीय कार्यदल गठन गरेर १ महिनाभित्र प्रतिवेदन बुझाउने, ५ प्रतिशत स्वास्थ्य सेवा कर हटाउने विषय कार्यान्वयनका लागि अर्थ मन्त्रालय र योजना आयोगलाई पत्रचार गर्ने तथा स्वास्थ्यकर्मीको सेवा अवधि ६५ वर्ष पु¥याउने र स्वास्थ्य मन्त्रालयका सचिव चिकित्सक स्वास्थ्यकर्मी नै हुने व्यवस्था मिलाउने पनि सहमती भएको छ । सरकारले उपचारका क्रममा बिरामीको ज्यान गएमा उपचार गर्ने डाक्टरले नै क्षतिपुर्ति तिर्नुपर्ने गरी कानुन बनाउने तयारी गरेपछि त्यसको विरोधमा देशभरका चिकित्सक गएको शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै स्वास्थ्य सेवाका काम ठप्प पारेर आन्दोलन गरिरहेका थिए ।
यस्तो छ सहमति

प्रतिक्रिया