घनश्यामलाई मन्त्री निल्नु न ओकल्नु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
३६ पटक हेरिएको
Shares
घनश्यामलाई मन्त्री निल्नु न ओकल्नु

सारांश

  • काठमाडौ, १९ फागुन ।
  • भारतबाट ल्याउने गरेको धुलो दुधलाई रोकेका तत्कालीन कृषिमन्त्री चक्रपाणी खनाललाई प्रतिस्थापन गरी ल्याइएका कृषि मन्त्री घनश्याम भुसाललाई मन्त्री पद निल्नु न ओकल्नु भएको चर्चा छ ।
  • मन्त्री भएको तीन महिला बित्न लागिसक्दा पनि उनले कामको भेउ नै समाउन नसकेको कर्मचारीहरु गु्नासो गर्छन् ।

काठमाडौ, १९ फागुन । भारतबाट ल्याउने गरेको धुलो दुधलाई रोकेका तत्कालीन कृषिमन्त्री चक्रपाणी खनाललाई प्रतिस्थापन गरी ल्याइएका कृषि मन्त्री घनश्याम भुसाललाई मन्त्री पद निल्नु न ओकल्नु भएको चर्चा छ । मन्त्री भएको तीन महिला बित्न लागिसक्दा पनि उनले कामको भेउ नै समाउन नसकेको कर्मचारीहरु गु्नासो गर्छन् ।

सिद्धान्तकार चरित्रवान नेताका रुपमा चर्चामा रहेका हुन् मन्त्री भुसाल यसपुर्व सरकारबाहिर बसेर सरकारको तीव्र आलोचना गर्दै आइरहका थिए । त्यही सिलसिलामा उनलाई प्रधानमन्त्री ओलीले मन्त्री नै बनाइदिए । तर, मन्त्री भएपश्चात न त कृषकले राहत पाउने ठोस काम गर्न सके, न केहि नयाँ योजनासहित सार्वजनिक हुन सकेका छन् ।

बाहिर बसेर बोल्या र कुर्सीमा बोल्दा निकै नै गाह्रो हुने अनुभुति सम्हाल्दै मन्त्री भुसाल अहिलेसम्म पनि कृषि मन्त्रालयको बारेमा बुझ्दैछु भन्दै हिड्न थालेका छन् । प्राविधिक मन्त्रालय भएका कारण कर्माचारीसँग चासो मिलाउन नुसक्दा मन्त्री अहिले यता न उताका भएका छन् ।(साँघु साप्ताहिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?