कहाँ जान्छ कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७३
|
|
१२३ पटक हेरिएको
Shares
कहाँ जान्छ कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ?

सारांश

  • नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ।
  • उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ ।
  • सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी नै शुद्धिकरणको उच्च जोखिममा छ ।

नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ। उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ ।

सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी नै शुद्धिकरणको उच्च जोखिममा छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका उच्चपदस्थ अधिकारी र राजनीतिक प्रभाव रहेका व्यक्तिको आर्थिक गतिविधि नियामक निकायको निगरानीभन्दा बाहिरै रहँदा यस्तो जोखिम बढेको हो । सम्पत्ति शुद्धिकरणको विश्वव्यापी नियमअनुसार राजनीतिक प्रभाव भएका उच्च पदस्थ अधिकारीको आर्थिक कारोबार बित्तीय सूचना एकाइको जानकारीमा रहनुपर्नेमा नेपालमा सर्वसाधारणकै शंकास्पद आर्थिक कारोबार समेत एकाइको सूचना पहुँचमा छैन ।

अर्थमन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपालले सम्पत्ति शुद्धिकरणको अन्तर्राष्ट्रिय सञ्जाल सदस्य भइरहन तीन वर्षभित्र राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, मन्त्रालय, सरकारी निकाय, चारै सुरक्षा निकायमा रहेका विशिष्ट श्रेणीका अधिकारीको आर्थिक कारोबारको सूचना नियामक निकायसम्म पुग्नुपर्छ।

देशमा अपराधजन्य क्रियाकलापबाट आर्जित कालोधन शुद्धिकरणका लागि घरजग्गा, सवारीसाधन, सुनचाँदी र सहकारी सजिलो र सुरक्षित स्थान भएको तथ्य बाहिर आएको छ । सरकारले बर्सेनि ९० अर्ब रुपैयाँभन्दा बढी कालोधन जम्मा हुने अनुमान गरेको छ । भ्रष्टाचार, करछली, मानव बेचबिखन र हुण्डीबाट सबैभन्दा बढी कालोधन आर्जन हुने अनुमान सरकारको अध्ययनले देखाएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावादारी कुरा होइन: हावाबाट बिजुली निस्कियो, गाउँ नै उज्यालो
हावादारी कुरा होइन: हावाबाट बिजुली निस्कियो, गाउँ नै उज्यालो
जग्गा कारोबारी छानबिनमा
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
टी -२० विश्वकप क्रिकेटमा  आयरल्याण्डलाई हराउँदै  अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
टी -२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई हराउँदै अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
धान खेत मासेर केराखेती
धान खेत मासेर केराखेती
ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग
ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग
संगठनमा १६ औँ नम्बरका नेम्वाङ संगठनमा चौँथो नम्बरमा
संगठनमा १६ औँ नम्बरका नेम्वाङ संगठनमा चौँथो नम्बरमा