ट्याक्टर दुर्घटना हुँदा लामा कन्ट्रसन प्रा.लीका स्टोरकिपरको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटना हुँदा लामा कन्ट्रसन प्रा.लीका स्टोरकिपरको मृत्यु

सारांश

  • उदयपुर २९,मंसिर।
  •  खोटाङको हलरसी तुवाचुङ नगरपालिका-३ चास्मिटारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
  • दिउँसो साढे १ बजे भित्री सडक खण्डमा लामा कन्ट्रसन प्रा.

उदयपुर २९,मंसिर। खोटाङको हलरसी तुवाचुङ नगरपालिका-३ चास्मिटारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दिउँसो साढे १ बजे भित्री सडक खण्डमा लामा कन्ट्रसन प्रा.ली.को ठेक्काको खानेपानी योजना च्यासमिटारको पानीको ट्याङकी निर्माणको लागी मे १ त ६९३१ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गरेर फर्कदै गरेको अवस्थामा बडहरे भन्ने स्थानमा दुर्घटना भएको थियो ।

सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा लामा कन्ट्रसन प्रा.ली. का स्टोरकिपर चितवन घर भएका बर्ष १७ को सुमन वाग्लेको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । ट्याक्टर चालक सुनसरी रामधुनी-७ बस्ने बर्ष २७ को राजेश लिम्बुलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?