ठूलाे धनराशी र गरगहना चोरीमा संलग्न महिला पक्राउ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
ठूलाे धनराशी र गरगहना चोरीमा संलग्न महिला पक्राउ !

सारांश

  • चितवन, २२ साउन ।
  • भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहना चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छिन् ।
  • गएको वैशाख यता छ वटा घरमा चोरी गरेको अभियोगमा उनीसहित खरिद गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवन, २२ साउन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहना चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छिन् । गएको वैशाख यता छ वटा घरमा चोरी गरेको अभियोगमा उनीसहित खरिद गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नगद र गरगहना चोरी गरेको अभियोगमा मकवानपुर घर भई नवलपुरको गैँडाकोटमा व्यवसाय गर्दै आएकी ३२ वर्षिया शोभा विकलाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी विकसँग सुन खरिद गरेका काठमाडौँ ओमबहालका सानुरत्न शाक्य र रश्मी ज्वेलर्स संगमचोक नारायणगढका लेखबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाले वैशाख १२ गतेदेखि हालसम्म छ घरबाट नगद र गरगहना गरी रु २५ लाख छ हजार बराबरको सुन र नगद चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । गत आर्थिक वर्षमा प्रहरीमा रु ३५ लाख एक हजार नगद, ४९ तोला सुन र १७ तोला चाँदी चोरी भएको भन्दै उजुरी परेको छ । ढकालका अनुसार दिनको समयमा ती महिलाले चोरी गर्ने गरेको खुलेको छ । चोरी गर्नु अघि घरको निगरानी गर्ने गरेको बताएकी छिन् । सकेसम्म घरभित्रनै पुग्ने र त्यहाँ प्रयोग भएका तालाको अवस्था बुझेर त्यहि अनुसारका फोर्ने औजार प्रयोग गर्ने गरेको पाइ्एको छ ।

शरीरलाई घुम्टोले ढाकेर ढोका र दराजहरुमा सामान्य क्षति गरी सुन र नगद मात्र चोर्ने गरेको भेटीएको छ । ढकालका अनुसार एक घरमा सीसी क्यामेरा देखेपछि ती महिलाले छाता ओडेर अनुहार नदेख्ने गरी चोरी गरेको खुलेको छ । प्रहरीले विगत लामो समयदेखि नै ती महिला चोरीमा संलग्न भएको अनुमान गरेको छ । पक्राउ परेकी महिलाले गैँडाकोट नगरपालिका वडा नम्बर २ मा घर किनेर थकाली भान्छा घर सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । महिलाले आफूसँगै अर्को एक महिला रहेको भए पनि हाल सम्पर्कविहीन भएको जनाएको प्रहरीको भनाइ छ । पछिल्लो पटक साउन ८ गते ती महिलाले भरतपुर महानगरपालिका वडा नम्बर १० लाहुरे चोकमा चोरी गरेपछि प्रहरीले नजिकैको रिजालचोकबाट उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सामा संयुक्त सुरक्षा टोलीको ठूलो सफलता: आँप बगैचामा लुकाइछिपाइ राखिएको १४० किलो गाँजा बरामद
पर्सामा संयुक्त सुरक्षा टोलीको ठूलो सफलता: आँप बगैचामा लुकाइछिपाइ राखिएको १४० किलो गाँजा बरामद
जिततर्फ उन्मुख रास्वपाका स्वर्णिम वाग्ले
जिततर्फ उन्मुख रास्वपाका स्वर्णिम वाग्ले
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ?
अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ?
कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती
कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती
राष्ट्रपतिबाट युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको भ्रमण
राष्ट्रपतिबाट युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको भ्रमण
रुपन्देही ३ मा घनश्याम भुसालको अग्रता कायमै
रुपन्देही ३ मा घनश्याम भुसालको अग्रता कायमै
नम्रता श्रेष्ठलाई फेरि सेक्स भिडियो काण्डको त्रास !
कोरियामा अनलाइन भुक्तानीलाई प्रश्रय
कोरियामा अनलाइन भुक्तानीलाई प्रश्रय
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु