विकास निर्माणमा सरकारको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
विकास निर्माणमा सरकारको ध्यानाकर्षण

सारांश

  • काठमाडौँ, ४ असोज ।
  • राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

काठमाडौँ, ४ असोज । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

सांसद कमलाकुमारी वलीले प्रदेश नं ७ को कैलालीको सुकुम्वासी गाउँमा विसं २०३६ मै लालपूर्जा पाए पनि अहिलेसम्म जग्गाको नापी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद खेमराज नेपालीले प्रदेश नं १ प्रवेश गर्ने सप्तकोशी नजिकको भण्डाबारीको पुल लामोसमयदेखि निर्माण हुन नसकेको भन्दै सो पुल तत्काल निर्माणका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो ।सांसद खिमकुमार विकले स्वीस बैंकमा नेपालको अकूत सम्पत्ति (उक्त बैंैकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२।८८ मिलियन स्वी फ्रेन्च भएको) रहेको पाइएकाले ठूलो मात्राको धनको खोजबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उदयराज पौडेलले संविधान दिवसको शुभकामना व्यक्त गर्दै यसको सफल कार्यान्वयनमा सबैको सक्रियताको खाँचो औँल्याउनुभयो ।

मुलुकी संहितासम्बन्धी विधेयक प्रस्तुत

आजको बैठकमा विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।यसैगरी, राष्ट्रिय सभाको सचिव डा भरतराज गौतमले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘पारमाणि विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०७१’ लाई टेबुल गर्नुभएको छ ।

बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्ने तीन सदस्यलाई मनोनयनसमेत गरेको छ । सांसद कालीबहादुर मल्ल, रामलखन चमार र राधेश्याम अधिकारीलाई सदस्यमा मनोनयन गरेको हो ।
सङ्घीय संसद्अन्तर्गत गठन भएको संयुक्त समितिमा यसअघि प्रतिनिधिसभाबाट ११ जना सदस्य मनोनीत गरिसकेको छ । राष्ट्रियसभाले चार जना सदस्य उक्त समितिमा पठाउनुपर्नेमा अब एक जना सदस्यको नाम मनोनयन गर्न बाँकी रहेको छ ।उक्त संयुक्त समितिको निर्वाचन आगामी असोज ७ गते आइतबार दिउँसो १ बजेका लागि तोकिएको पनि बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक असोज ७ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

(https://hippainhelp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ  ज्यान मार्ने धम्की ।
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ ज्यान मार्ने धम्की ।
Ways to Date Internationally
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल
एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी
एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा हुन सक्दैन: मुख्यमन्त्री शाही
अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा हुन सक्दैन: मुख्यमन्त्री शाही
मनाङमा १८ घण्टासम्म हिमपात
मनाङमा १८ घण्टासम्म हिमपात
एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैन : नेता नेपाल
एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैन : नेता नेपाल
नेकपाको ओह्रालो यात्राः जनता किन यति चाँडै वाक्क भए !
नेकपाको ओह्रालो यात्राः जनता किन यति चाँडै वाक्क भए !

तपाईंले छुटाउनुभयो कि?