लुकाएको अतीत ! असिम काभ्रेलि’

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २१, २०७४
|
|
२७ पटक हेरिएको
Shares
लुकाएको अतीत ! असिम काभ्रेलि’

सारांश

  • ………त्यसपछि उनिहरुले रेष्टुरेन्टमा भेटे दुबैको मुहार मलिन अनि भावुक थियो।
  •                              दुबैको चाहना अनुरुपको खाजा पनि निमको पात चपाए जस्तै गरिरहेथे !
  • खै के भने जस्तै गर्दै केटि पिलपिल आँसु झार्दा पनि केटोले नचाहेर मुस्कुराए जस्तो किन गर्यो जान्न मन नभएको होइन।

………त्यसपछि उनिहरुले रेष्टुरेन्टमा भेटे दुबैको मुहार मलिन अनि भावुक थियो।                             दुबैको चाहना अनुरुपको खाजा पनि निमको पात चपाए जस्तै गरिरहेथे ! खै के भने जस्तै गर्दै केटि पिलपिल आँसु झार्दा पनि केटोले नचाहेर मुस्कुराए जस्तो किन गर्यो जान्न मन नभएको होइन। तर अल्कड काटेर सम्झीएँ उनिहरु छुट्टिदै छन अथवा छुट्याइदै छ।त्यो पनि हुन सक्थ्यो दुई मध्य कसैको घरबाट बिहेको कुरा चलेको हुनुपर्छ।केटाको तर्फ त पक्कै होइन नत्र किन उ कुराको सहि थपे जस्तो कम बोल्थ्यो र! पक्कै केटिकै तिरबाट हुनुपर्छ।   अझ त्यो पनि नहोला आजकालका केटाकेटी घरले नमाने भागेरै पिरतिको ल्याण्डिङ गराउछन उनिहरु त हेर्दै कुनै राम्रै परिवारका जस्ता देखिन्थे !  हप्तै पिच्छे एउटै रेस्टुरेन्ट,एउटै टेबल,एउटै अर्डर उत्तिनै बिल तर बिल पालै पालो तिर्ने सल्लाह होला सायद उनिहरुको।

अघिपछिको भन्दा अधा घण्टा बढी बिताए टेबलमा।त्यो दिन केटाको पालो परेछ हजारको दुई वटा अनि एउटा पचसयको नोट बिल भित्र राखेर केटो उठ्यो तर केटि टेबलमै थिइ।च्याप्प समातेर केटोले ओठमै चुम्मा गरिदियो सबैको अगाडि त्यो कुनै सामान्य खालको चुम्मा पक्कै थिएन हेर्नेहरुलेनै भन्न सक्थे त्यसमा बैशालु उन्मात हैन पीडा अनि मायाको मिश्रण छ। केही नबोली टाउकैको इशाराले जान्छु भनेजस्तै गरि भावुक हुँदै उ बाहिरियो।  केटिले आँखा चिम्ली,ओठ टोकि अनि भित्तामा अदेशा लगाइ आफ्नो ढाडलाइ।तर आवज केही निकालिन निकाली त केवल बन्द गरिएका परेली बाट जबरजस्ती बाटो बनाएर निस्किएका आशुका भेल।दस मिनेट जति पछि उ पनि ओझेल परि!त्यसपछी उनिहरु कहिल्यै देखिएनन एउटा रहस्यमय कथाका पात्र भैरहे। मायालु जोडिको भाव मिश्रीत आशुको छाप लागेर होला त्यसपछी प्राय त्यो टेबल खाली जस्तै लाग्थ्यो शून्य_शून्य चरिले छाडेर गएको गुड जस्तै।
उनिहरुको आउने क्रम रोकिएको एक बर्ष भएको हुदो हो त्यही टेबलबाट उहीँ परिकारको अर्डर भयो तर टेवलको एउटा मात्र सिट भरिएको थियो। अर्डर पनि उनिहरुले गर्नेको ठ्याक्कै आधा थियो तर उहिउही कुराहरु। निहालेर हेर्नेले मात्र चिन्थे त्यो केटो उहीँ थियो।सार्है दुब्लाएको पाललो ,झुस्स दार्ही पालेको,साच्चै बूढो देखिन्थ्यो उ एक बर्षको अवधिमा । खान पिन सकेर उ एकछिन पनि बसेन बिल मगायो पैसा तिर्यो अनि निस्कियो।कसैले सोधेन उसलाइ यत्तिका दिन किन नआएको अनि केटि खै त भनेर।सोधुन पनि कसरी उसलाइ चिन्न सामान्य नजर काफी थिएनन। सायद उ होसमा थिएन या ती टेबल हरुले उसका अतीत बल्झाइ दिएको थिए।उसले पैसा झिक्दा खल्ती बाट झरेको कागत सम्मको पनि भेउ पाएन !  जब त्यो कागज के हो भनेर हेरियो त्यसमा यस्ता अक्षरहरु सजाइएका थिए…..  

छेउमै आइ अब आँसु न बगाउ दुख लाग्छ!! माया देखाइ दिलमा चोट न लगाउ दुख लाग्छ!!  रुमल्लिदा भिड भित्र टाढा गयौ खुशी खोज्दै, सक्छु अब एक्लै हिड्न न सगाउ दुख लाग्छ! !  बिर्को लाग्यो सम्बन्धमा दशौ बर्ष टेक्नै लाग्दा, पिरतिको हिसाबकिताब न मगाउ दुख लाग्छ!! सुकेका यी घाउहरु कोट्याएर नुन छर्दै, यो शहरको सिमाना न नगाउ दुख लाग्छ!! सिसा सरि हाम्रो नाता फुट्यो अब जोडिदैन, भाबुक हुँदै फेरि माया न जगाउ दुख लाग्छ!! # plz_live_me_alone

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kene Chi

    Sahi xa dajai

    Comment Author

    Arun Nepal

    कथा हो कि उपन्यास ? असिम भाइ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?