को को बन्दै छन मन्त्री ?
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भभवत एक दुई दिनमै मन्त्रीहरु पुनर्गठन गर्नु हुनेछ।
- सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने जिम्मेबारी दिई सकेको छ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भभवत एक दुई दिनमै मन्त्रीहरु पुनर्गठन गर्नु हुनेछ। सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने जिम्मेबारी दिई सकेको छ।
प्रधानमन्त्री ओलीले चौमासिक कार्यसम्पादन मूल्यांकनमा ‘रेडजोन’मा रहेका मन्त्रीहरुलाई फेर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री कार्यालयको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मातृका यादव, महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगर, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाल रेडजोनमा छन्।
त्यसैगरी नयाँ मन्त्रीका नाममा अहिलेसम्म पूर्व एमाले समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनार, गणेश ठगुन्नाको नाम चर्चामा छ।
त्यस्तै पूर्व माओवादीबाट जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, अग्नीप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साहलगायतको नाममा दुई अध्यक्षको तहमा औपचारिक छलफल चलिरहेको छ।
प्रतिक्रिया