चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्कियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २, २०७७
|
|
४२ पटक हेरिएको
Shares
चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्कियो

सारांश

  • चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ ।
  • योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।
  • यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन ग¥यो भन्ने कुरामा थप तत्काल ध्यान केन्द्रित गरिएको वैज्ञानिकहरूले जनाएका छन् ।

चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।

यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन ग¥यो भन्ने कुरामा थप तत्काल ध्यान केन्द्रित गरिएको वैज्ञानिकहरूले जनाएका छन् ।

चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको जनाएको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ ।

यसअघि यस्तो सफलता ४४ वर्ष अगाडि प्राप्त भएको थियो । जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान बताइएको छ ।

“चीनले लामो समयदेखि यसको लागि तयारी गरिरहेको एस्ट्रोफिजिक्स अनुसन्धानकर्ता हार्वर्ड स्मिथसोनियन सेन्टर जोनाथन म्याकडोवेलले एएफपीलाई बताएका छन् ।-एएफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो ग्याँसको मूल्य, अन्यको घट्यो कि बढ्यो ?
घट्यो ग्याँसको मूल्य, अन्यको घट्यो कि बढ्यो ?
अबैध घरेलु मदिरा नष्ट
अबैध घरेलु मदिरा नष्ट
नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै
नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै
बुटवल उपमहानगरपालिका को ताजा  मत पारीणाम
बुटवल उपमहानगरपालिका को ताजा मत पारीणाम
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
३० करोडमा कुमारीत्व लिलामी
३० करोडमा कुमारीत्व लिलामी
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता
चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता