चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १७, २०७७
|
|
२३ पटक हेरिएको
Shares
चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

सारांश

  • काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ ।
  • वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै सो कम्पनीले साधारण शेयर बिक्री गरेको हो ।
  • कम्पनीले स्थानीय आयोजना प्रभावितलाई आजदेखि साधारण शेयर बिक्री गर्न थालेको हो ।

काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै सो कम्पनीले साधारण शेयर बिक्री गरेको हो ।

कम्पनीले स्थानीय आयोजना प्रभावितलाई आजदेखि साधारण शेयर बिक्री गर्न थालेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावितलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ । कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर रु १०० का दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ ।

आयोजना प्रभावित क्षेत्रमा काठमाडौँ जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका– ३,४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३,४,५,६,७,८, एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका–९ र १० छन् । बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिनेछ ।

कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ । धितोपत्र बोर्डबाट कम्पनीले रु १८ करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ । साधारण शेयर बिक्री पछि कम्पनीको कूल चुक्तापूँजी रु एक अर्ब ५३ करोड पुग्नेछ । कम्पनीमा ८८५ जनाको संस्थापक लगानी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ
जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री
जुगलद्वारा कपनमा प्रभातफेरी कार्यक्रम
जुगलद्वारा कपनमा प्रभातफेरी कार्यक्रम
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै
Guide to Online Dating Sites — What You Should Understand Before Signing Up
दक्षिण अफ्रिकासँगको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा
दक्षिण अफ्रिकासँगको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा
मन्त्री नै सरकारको विरोधमा, दिए कडा अभिव्यक्ति
मन्त्री नै सरकारको विरोधमा, दिए कडा अभिव्यक्ति
उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी
उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी

तपाईंले छुटाउनुभयो कि?