चन्द समूहका नेता पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
५० पटक हेरिएको
Shares
चन्द समूहका नेता पक्राउ

सारांश

  • सप्तरी, १ फागुन स् नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ ।
  • हत्या, ज्यान मार्ने उद्योग, बम विष्फोट, सङ्गठित अपराधलगायतका घटनामा प्रहरीको मोस्टवाण्टेड सूचीमा रहेका साहलाई चन्दा सङ्कलनका लागि सप्तरीको सुरुङ्गा आएको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  • धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित राजेश साहको घरमा मङ्सिर २७ गते राति १२ः१० बजे भएको बम बिष्फोटलगायतको घटनाका मुख्य योजनाकारका रुपमा साह प्रहरीको मोस्टवान्टेड सूचीमा थिए ।

सप्तरी, १ फागुन स् नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ ।

हत्या, ज्यान मार्ने उद्योग, बम विष्फोट, सङ्गठित अपराधलगायतका घटनामा प्रहरीको मोस्टवाण्टेड सूचीमा रहेका साहलाई चन्दा सङ्कलनका लागि सप्तरीको सुरुङ्गा आएको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित राजेश साहको घरमा मङ्सिर २७ गते राति १२ः१० बजे भएको बम बिष्फोटलगायतको घटनाका मुख्य योजनाकारका रुपमा साह प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उक्त बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी राजेश साह र निजका छोरा आनन्दकुमार साहको मृत्यु भएको थियो । बम विस्फोटमै परेर राजेशका बुबा भिखारी साह, राजेशका अर्का छोरा प्रकाश साह, राजेशकी छोरी अञ्जली साह, छिमेकी अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए ।

घटनापछि मुख्य योजनाकार मानिएका साह धनुषा प्रहरीबाट जोगिन सप्तरी खटिएका थिए । सप्तरीमा चन्दा सङ्कलनमा खटिएको जानकारी पाएको सप्तरी प्रहरीले साहलाई सुक्ष्म निगरानीमा राखेको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले साहलाई पक्राउ आज जिल्ला प्रहरी कार्यालय धनुषा बुझाएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी हिरासत बाट डाक्टर गोविन्द केसीको नेपाल आमालाई मर्मस्पर्सी पत्र
Bukmeker şirkəti İdmana onlayn mərclər 1xBet giri
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
आज १५ सय ५१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ९० हजार नाघ्यो
आज १५ सय ५१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ९० हजार नाघ्यो
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमाले विजयी
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमाले विजयी
खुकुरी प्रहारबाट १ युबक घाईते
खुकुरी प्रहारबाट १ युबक घाईते
खाना आ-आफ्नै देशमा खाएर उत्तर-दक्षिण कोरिया शिखरवार्ता सैनिक भवनमा !
खाना आ-आफ्नै देशमा खाएर उत्तर-दक्षिण कोरिया शिखरवार्ता सैनिक भवनमा !
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु
चर्चित गाएक राम प्रसाद खनाल र मन्जु पौडेलको स्वरमा रहेको तीजको भिडियो सर्बिजनिक :”मेरा बुढा झर्के” {भिडियो सहित }