रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २, २०७९
|
|
३५ पटक हेरिएको
Shares
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमाले विजयी

सारांश

  • रसुवा।
  • रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ।
  • अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए।

रसुवा। रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ। अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए।

उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन्।

यो पालिकामा ६ वटा वडा छन्। वडा नम्बर १ मा एमालेका उर्केन छिरिङ तामाङ, २ मा कांग्रेसका कामी छिरिङ तामाङ, ३ मा एमालेका मिङमार छिरिङ तामाङ, ४ मा कांग्रेसका डिण्डु लामा ज्याबा तामाङ, ५ मा एमालेका दावा मिङमार तामाङ र ६ मा एमालेका दावा सिदार वाइबा विजयी भएका छन्।

गोसाइँकुण्ड गाउँपालिकामा ५ हजार ८ सय ९० मतदाता रहेकोमा ४ हजार ७ सय ७३ मत खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?