निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
४२ पटक हेरिएको
Shares
निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताएका छन् ।
  • उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा नजाने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताएका छन् । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा नजाने बताए ।

विषय र क्षेत्रको अध्ययन गर्न पाए सबै बालबालिका सफल हुने बताए । “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफै घट्छ” प्रधानमन्त्री भने, “गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जाँदैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिवन्ध लगाउने पक्षमा छैन । तर विद्यार्थी नभएपछि निजी विद्यालय कसरी टिक्छन् र ?”

प्रधानमन्त्री बालबालिकालाई रुची अनुसारको शिक्षा दिनुपर्ने बताउनुभएको छ । रुचीअनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“फुटबलमा रुची हुनेलाई संगीत सिकाएका छौं । आफ्नो होइन बाबुआमा र विद्यालयको रुची लादेका छौं । अनि बच्चालाई असफल घोषित गरेका छौं । यो प्रणाली राम्रो होइन” उनल भने ।
अहिलेको शिक्षा प्रणालीले बालबालिकालाई असफल बनाएर उनीहरुको आत्मविश्वासमा बञ्चरो हानिरहेको बताए । भविष्यका कर्णधार भनेर चिनिएका बालबालिकालाई असफल घोषित गरेर उनीहरुको मनोविज्ञान बिगार्नु गलत रहेको प्रधानमन्त्रीको भनाइ छ ।

“परीक्षाका नाममा बालबालिकालाई फेल भनिरहँदा उसको आत्मविश्वासमा बञ्चरो प्रहार हुन्छ” प्रधानमन्त्री ओलीले भने, “बाल्यकालमै असफलताको बिल्ला भिराइदिएपछि बच्चाको मनोवल उठ्न सक्दैन । यसले समग्रतामा देशको भविष्यमाथि प्रहार गर्छ ।”

बालबालिकाको मनोविज्ञानमा असर नपरोस् भनेर असफल नहुने ग्रेडिङ प्रणाली ल्याएको प्रधानमन्त्रीले बताए । “यस प्रणालीले पनि शिक्षाको गुणस्तर बढाएको देखिएको छैन । हामीले जुन प्रणाली अपनाएपनि गुणस्तर बढाउन खोजेका हौं ।” आयोगले बुझाएको प्रतिवेदन सिफारिस भएकोले यसको व्यापक अध्ययन गरिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?