गगन थापाले भने – ‘प्रधानमन्त्रीको शैली कुस्ती खेल्ने भए आइज, भने जस्तै थियो’
सारांश
- काठमाडौं, २५ बैशाख ।
- नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको बताएका छन् ।
- सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख चुप लागेको आरोप लगाए ।
काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख चुप लागेको आरोप लगाए ।प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्ति सुन्दिन भनेपछि आफूहरुले नियमापत्ति गर्दै असंसदीय भाषा रेकर्डबाट हटाउन माग गर्दा समेत सभामुख निरिहता देखाएको थापाले बताए ।
बैठकपछि संघीय संसद भवनमा संचारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सभामुखको भूमिकामा नभई प्रधानमन्त्रीको आदेश पालक बनेको दाबी गरे ।नेता थापाले भने, “फेरि एक पटक संसदमा सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएन । व्यवस्थापिकाको प्रमुख भएर होइन कार्यपालिकाको छाया प्रधानमन्त्रीको सच्चा आदेशपालक भूमिकामा रहनु भएको छ भन्ने पुर्नपुष्टि गर्नु भयो ।”‘तिमीले प्रयोग गर्यौ । त्यस कारणले मैले पनि प्रयोग गर्छु । मसँग कुस्ती खेल्ने हो रु’ भन्ने ढंगबाट प्रधानमन्त्री प्रस्तुत भएको टिप्पणी नेता थापाले गरे ।
नेपालको संसदीय इतिहासमा नभएको घटना मंगलबार संसदमा देखिएको भन्दै उनले गम्भीर छलफल गर्ने बताए । उनले भने, “सरकारले कुनै पनि निकायको मान राख्दैन भन्ने थप पुष्टि भएको छ । यसबारे हामी छलफल गर्छौँ । तर यो सामान्य घटना होइन । आज जुन घटना भयो, प्रधानमन्त्रीले जस्तो व्यवहार गरेका गर्नुभयो, सभामुख जसरी निरिह हुनुभयो, यो नेपालको संसदीय इतिहासको सानो घटना होइन ।”
प्रतिक्रिया