राहत ढुवानी निरीक्षणमा गृहमन्त्री विमानस्थलमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७४
|
|
२९ पटक हेरिएको
Shares
राहत ढुवानी निरीक्षणमा गृहमन्त्री विमानस्थलमा

सारांश

  • काठमाडौँ : गृहमन्त्री जनार्दन शर्मा मंगलबार राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न त्रिभुवन विमानस्थलमा आफै खटिएका छन् ।
  • रौतहट, पर्सा लगायत विभिन्न बाढी, पहिरो तथा डुबान प्रभावित जिल्लाहरुमा राहत सामाग्रीहरुको समानुपातिक वितरण नभएको गुनासो आएपछि मन्त्री शर्मा आफै विमानस्थलमा १०.
  • ३० बजेदेखि निरीक्षणमा खटिएका हुन ।

काठमाडौँ : गृहमन्त्री जनार्दन शर्मा मंगलबार राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न त्रिभुवन विमानस्थलमा आफै खटिएका छन् । रौतहट, पर्सा लगायत विभिन्न बाढी, पहिरो तथा डुबान प्रभावित जिल्लाहरुमा राहत सामाग्रीहरुको समानुपातिक वितरण नभएको गुनासो आएपछि मन्त्री शर्मा आफै विमानस्थलमा १०.३० बजेदेखि निरीक्षणमा खटिएका हुन ।
गृहमन्त्री शर्मासँग गृह सचिव लोक दर्शन रेग्मी, गृहका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सह सचिव राम कृष्ण सुबेदी, विपद व्यवस्थापन महाशाखाका प्रमुख सह सचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, नेपाली सेनाको हवाई सेवा निर्देशनालयका प्रतिनिधि, निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि लगायत छन् ।
आईतबार र सोमबार मन्त्री शर्मा पश्चिम, मध्य तथा पूर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रका जनतासँग प्रत्यक्ष भेटेर फर्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?