चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
४७ पटक हेरिएको
Shares
चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी

सारांश

  • साँखु, २१ चैत : निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ ।
  • यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ ।
  • निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन ।

साँखु, २१ चैत : निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ । यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ । निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन । सडको यो दयनीय अवस्थाका कारण सर्वसाधण त हैरानीमा छन् नै यसको मुख्य चपेटामा ट्राफिक प्रहरी पनि पर्ने गरेका छन् ।

बिहान उज्यालो भएदेखि सडकमा बसेर मध्यरातसम्म घाँटी सुक्नेगरी सिटी फुक्ने ट्राफिक प्रहरीको दिनचर्या नै हो । त्यहीँमाथि सडकको धुलो र धुँवाले सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरी पनि आजित भएका छन् । बौद्धको सडकको ‘ड्युटी’मा खटिरहेका प्रहरी जवान समीर दाहालको शरीरका कुनै अङ्गले फुर्सद पाएको देखिँदैन । यताउता दौडिँदै हातको इसाराले सवारीसाधनलाई सही बाटोमा लगाउँदै हिँडिरहेको उहाँ व्यस्त देखिनुहुन्थ्यो ।

सिटी फुक्दै अटेर गरेर बस्ने ठूला बसलाई धपाउँदैमा दाहाल चर्का स्वरमा जान आग्रह गर्नुहुन्थ्यो तर कतिले अटेर गर्थे भने कति सजिलै बाटो लाग्थे । दाहाल भन्नुहुन्छ, “सडक निर्माणका लागि ल्याएको गिट्टी सडकको बीच भागमा राखेकाले सवारी जाम हुने गरेको छ । जामलाई हटाउन सिटी बजाउनुपर्ने हुन्छ, हरेकपटक सिटी बजाउन ‘मास्क’ खोल्नुपर्दा धुलोधुवाँबाट समेत बच्न सकिँदैन ।”

दैनिक यसरी नै सडकमा धुवाँधुलो र गाडीका चालकलाई लाइनमा लगाउँदै बित्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । चाबहिलदेखि साँखुसम्मको सडकखण्डमा जम्मा दुई ठाउँमा कालोपत्र गरेको भेटिन्छ । उक्त सडकखण्डमध्ये चुच्चेपाटीदेखि बौद्धको टुसालसम्म ५०० मिटर र थलीको ओरालोमात्र कालोपत्र भएको छ । बाकीँ पुरै सडक कच्ची छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका ट्राफिक प्रहरी प्रमुख हृदयेश सापकोटा भन्नुहुन्छ, “बिहानदेखि बेलुकासम्म सडकमा हुन्छौँ । एक घण्टा सडकमा बस्दा धुलोले मान्छे चिनिँदैन । कराउँदाकराउँदै स्वर बस्छ, अझ धुलोबाट हुने रुघाखोकी, दम, एलर्जीलगायत फोक्सोसम्बन्धी रोगको प्रत्यक्ष समस्याबाट दिनानुदिन गुज्रिनुपरेको छ ।”

सापकोटाका अनुसार बौद्ध मातहतमा ४२ ट्राफिक प्रहरी कार्यरत छन् । कपनको आंशिक क्षेत्रबाहेक साँखु र बौद्धका ट्राफिक प्रहरी धुलोको मुख्य मारमा परेका छन् । चाबहिल–साँखु सडक चार लेनको बनाउने भन्दै लामो समयदेखि भत्काउने र खन्ने काम भएको छ । सडकभरि माटोको थुप्रो र हिलोको समस्या भनिसाध्य छैन । सडको छिटो काम सकिए पनि ठूलो समस्याबाट मुक्ति मिल्ने बौद्धका ट्राफिक प्रहरी चतेन्द्रराज श्रेष्ठ बताउनुहुन्छ । अहिले जोरपाटीको ओरालोमा त १० मिनेट पनि बस्न सक्ने अवस्था नभएको उहाँले सुनाउनुभयो ।

विसं २०७२ बाट सडक बनाउने भन्दै बाटो भत्काउन थालेपछि सडक साँघुरा भएका छन् । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत ट्राफिक प्रहरी बिलकुमार राई भन्नुहुन्छ, “मास्क लगायो केही समयमै सिटी फुक्नका लागि खोल्नुपर्छ । फिल्टर भएको मास्क भए पनि सवारीसाधनले उडाउने अत्यधिक धुँवाधुलोे सजिलै मुखभित्र छिर्छ ।” समयमै बाटो कालोपत्र भए सबैलाई सजिलो हुने उहाँको भनाइ छ ।

धुवाँ र धुलोबाट आक्रान्त भएका ट्राफिक प्रहरी दिनरात नभनी २० घण्टा ड्युटी गर्ने गर्दछन् । कराउँदा घाँटी दुख्ने र स्वर पनि सुक्ने गरेको छ । धुलोका कारण सबैभन्दा बढी बिरामी हुने गरेको ट्राफिक प्रहरी हवल्दार बालकृष्ण पन्त बताउनुहुन्छ । दैनिक बिहान बेलुकाको धुलोमा गर्नुपरेको ड्युटीले कपडाको रङ नै परिर्वतन हुन्छ । धुलोका कारण दिनमा दुईपटक कपडा फेर्ने गरेको ट्राफिक प्रहरी बताउँछन् ।

बन्दै गरेको सडकको बीच भागमै निर्माण साम्रगी राख्नाले पनि सवारी साधनलाई निरन्तर ‘पास’ गराउन समस्या हुन्छ । “ठेकेदारलाई यस विषयमा ध्यानाकर्षण पनि गराएँ तर उनीहरु सुने नसुनेझँै गर्छन्”, बौद्धका ट्राफिक प्रहरी प्रमुख सापकोटाले भन्नुभयो, “धुलो, धुवाँ र हिलो खाँदै सडकमा काम गरिरहेका छौँ ।” सरकारले ट्राफिकलाई वर्षमा दुई जोर कपडा दिन्छ । सरकारले दिएको कपडा छ महीना टिक्दैन भने एकजोर बुट बढीमा तीन महीना नखप्ने ट्राफिक प्रहरीको गुनासो छ ।

सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले धमाधम सडक विस्तार गरिरहेका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्ड छिटोभन्दा छिटो निर्माण हुने बताए पनि सडक निर्माणले कहिले पूर्णता पाउँछ भन्ने अझै टुङ्गो छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण निधिप्रति देउवा नरम, प्रधानमन्त्री भएपछि देउवाले निधिलाई उपसभापति बनाउने
यसकारण निधिप्रति देउवा नरम, प्रधानमन्त्री भएपछि देउवाले निधिलाई उपसभापति बनाउने
10+ Finest Cougar Relationship Sites
राजधानीमा पर्वतीय फिल्म फेस्टिभलको रौनकता
राजधानीमा पर्वतीय फिल्म फेस्टिभलको रौनकता
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
गजल (म सँग के थिएन)
गजल (म सँग के थिएन)
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
सरकारले तोक्यो विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको पदीय मर्यादा
सरकारले तोक्यो विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको पदीय मर्यादा
सन्दीप लामिछानेले थुनामा नबसी मुद्दा लड्न पाउने
सन्दीप लामिछानेले थुनामा नबसी मुद्दा लड्न पाउने
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ