सरकारले तोक्यो विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको पदीय मर्यादा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सरकारले तोक्यो विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको पदीय मर्यादा

सारांश

  • काठमाडौं, माघ १६ ।
  •  सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ।
  • यो खबर हामीले आजको राजधानी दैनिकमा खबर छापिएको छ।

काठमाडौं, माघ १६ । सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ। यो खबर हामीले आजको राजधानी दैनिकमा खबर छापिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो।

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठका अनुसार आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ। उनले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको मर्यादा तोकेको बताए।

त्यसैगरी सरकारले नेशनल ट्रेडिङलाई खारेज गरी उसको चलअचल सबै सम्पत्ति राज्यको मातहतमा ल्याउने निर्णय गरेको छ। बैठकले सशस्त्र द्वन्द्वका क्रममा मारिएका स्याङ्जाका देवान सिंह (सनी), देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षेत्री, नेत्रनारायण भण्डारी, रणबहादुर गुरुङ र रुद्रबहादुर गुरुङलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?