आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
सारांश
- देशमा पश्चिमी वायुको केही प्रभाव रहेकोले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
- जल तथा सम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
- त्यस्तै, पश्चिमी तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।
देशमा पश्चिमी वायुको केही प्रभाव रहेकोले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
जल तथा सम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ । त्यस्तै, पश्चिमी तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदुरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, रातीसम्म सुदुरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।
सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भाना देखिएको छ । उच्च हिमाली भु(भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया