चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

सारांश

  • तनहुँ ।
  • जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याएको छ ।
  • आर्थिक वर्ष २०७८/७९ मा तीन सय ४० र चालु आवमा एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याइएको हो ।

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याएको छ । आर्थिक वर्ष २०७८/७९ मा तीन सय ४० र चालु आवमा एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याइएको हो ।

सत्तरी हेक्टर नयाँ कमाण्ड क्षेत्र विस्तार गरी उक्त क्षेत्रफलमा सिँचाइ योजना सम्पन्नपश्चात् समुदायलाई हस्तान्तरण गरिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । 

चालु आवमा बेसारघारी सिँचाइ योजनाबाट ३५, पुनःस्थापना कार्यअन्तर्गत ३५, लोकादिटार सिँचाइ योजनाबाट २३ र ठूलाफाँट सिँचाइ योजनाबाट १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याइएको हो । जिल्लाको कूल एक लाख ५४ हजार छ सय हेक्टर क्षेत्रफल रहेकामा अझै ३७ हजार पाँच सय ५१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्न बाँकी रहेको उनले बताए ।

जिल्लामा कार्यान्वयनमा रहेका महत्त्वपूर्ण योजना नौ रहेका छन् । त्यसमा छ योजनाको कार्य सम्पन्न भइसकेको, दुई निर्माण प्रक्रियामा रहेका र एक योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

उनका अनुसार रु तीन करोड ८१ लाखको लागतमा भीमाद–१ र घिरिड–२ स्थित डुम्रे बेँसी सिँचाइ योजना, एक करोड ८९ लाखमा शुक्ल गण्डकी–९ को माले बगरस्थित पहाड खोला घाट र बस्ती संरक्षण, रु एक करोड १८ लाखमा भीमाद–५ को बुडुवा फाँट माले बगर सिँचाइ योजना सम्पन्न गरिएको छ ।

त्यसै गरी रु एक करोड २९ लाखमा शुक्ल गण्डकी–१० स्थित लोकदीटार सिँचाइ योजना, एक करोड २१ लाखको लागतमा देवघाट–१ स्थित बेसारघारी सिँचाइ योजना र रु ७९ लाख ४८ हजारको लागतमा भीमाद–७ को सिस्नेरी ठूलाफाँट योजना सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए ।

(https://www.smallhandsbigart.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
१८ किलाे  सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
१८ किलाे सुन खर्चेर पुरानै शैलीमा बन्याे मनकामना मन्दिर !
पुरानो ढर्राले होइन जनताले महसुस गर्नेगरी द्रूतगतिमा काम गर्न मन्त्री मगरको निर्देशन
पुरानो ढर्राले होइन जनताले महसुस गर्नेगरी द्रूतगतिमा काम गर्न मन्त्री मगरको निर्देशन
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न डिजिटल नेपाल अपरिहार्यः प्रधानमन्त्री
बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित
बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित
Windscribe Review – A Look at Fast Email Preventing Software
बजेट चर्चा र प्रोपोगाण्डाले मात्रै भरिएको छ: पूर्व अर्थमन्त्री महत
बजेट चर्चा र प्रोपोगाण्डाले मात्रै भरिएको छ: पूर्व अर्थमन्त्री महत
जनिराखौ दहीका बाह्र फाइदा
जनिराखौ दहीका बाह्र फाइदा
भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण
भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण