यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित भारतीय पक्राउ
सारांश
- काठमाडौँ, २१ माघ ।
- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागुऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ ।
- प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो ।
काठमाडौँ, २१ माघ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागुऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ ।
प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो ।
गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको प्रभागका प्रमुख केशव भट्टले जानकारी दिनुभयो । अभियुक्त गिरीलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया