चितवनका सबै क्षेत्रमा वाम उम्मेदवार अगाडि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
चितवनका सबै क्षेत्रमा वाम उम्मेदवार अगाडि

सारांश

  • २३ मंसिर, चितवन ।
  • चितवनका ३ वटै निर्वाचन क्षेत्रको जारी मतगणनामा वाम गठवन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् ।
  • प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क)मा भने कांग्रेस युवा नेता दिनेश कोइराला अगाडि छन् ।

२३ मंसिर, चितवन । चितवनका ३ वटै निर्वाचन क्षेत्रको जारी मतगणनामा वाम गठवन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क)मा भने कांग्रेस युवा नेता दिनेश कोइराला अगाडि छन् ।

भरतपुरस्थित चितवन माविको भवनमा मतगणना जारी छ । गणनाको प्राप्त पछिल्लो परीणाम अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले कांग्रेसका राजेन्द्र वुर्लाकोटीलाई १ हजार ६४५ मतले पछि पारेका छन् ।

पाण्डेले ४ हजार ५३९ मत ल्याउँदा बुर्लाकोटीले २ हजार ८९४ मत ल्याएका छन् ।

यस्तैं, चितवन निर्वाचन क्षेत्र नम्बर २ मा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले शिक्षा राज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता शेषनाथ अधिकारीलाई पछि पारेका छन् । पोखरेलले २ हजार ९ सय ७७ मत ल्याएका छन् भने अधिकारीको मत १ हजार ३ सय ८३ छ ।

यसैगरी सबैभन्दा चर्चामा रहेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता बढाउँदै लगेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रचण्डले ३ हजार ७ सय ९५ मत ल्याउँदा कांग्रेसको समर्थनमा उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले २ हजार ३ सय ८ मत ल्याएका छन् । पाण्डेभन्दा प्रचण्ड १४ सय ८७ मतले अघि छन् ।

प्रदेशसभाको ५ क्षेत्रमा वाम गठबन्धन अगाडि

प्रदेशसभातर्फ चितवन क्षेत्र नम्बर १ ‘क’ मा एमालेका दावा दोर्जे लामाले २ हजार ३ सय ११ मत र नेपाली कांग्रेसका धनबहादुर गुरुङले १ हजार ६ सय १३ मत ल्याएका छन् ।

क्षेत्र नम्बर १ को ‘ख’ मा नेकपा एमालेका कृष्णप्रसाद खनालले ५ हजार ३ सय ३२ र नेपाली कांग्रेसका उत्तम आचार्यले ४ हजार १ सय १५ मत ल्याएका छन् ।

क्षेत्र नम्बर २ को ‘क’ मा नेकपा माओवादी केन्द्रका घनश्याम दाहालले ६ हजार ३ सय ११ मत ल्याउँदा कांग्रेस चितवनका सभापतिसमेत रहेका जितनारायण श्रेष्ठले ४ हजार ३ सय ९१ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर दुईको ‘ख’ मा नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६ सय १४ मत र नेपाली कांग्रेसका प्रकाश अधिकारीले २ हजार ४ सय १६ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ३ को ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेश कोइराला अघि छन् । एमालेका कृष्ण भुर्तेलले ४ हजार ९ सय ७१ मत ल्याउँदा कांग्रेस युवा नेता कोइरालाले ५ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ को ‘ख’ तर्फ नेकपा माओवादी केन्द्रका रामलाल महतोले ५ हजार ३ सय ४४ मत र नेपाली कांग्रेसका साजन महतोले ३ हजार १ सय ६७ मत ल्याएका छन् ।

चितवन जिल्लामा कूल मतदाता ३ लाख ५४ हजार ३६ जना छन् ।

क्षेत्र नम्बर १ मा ८९ हजार ७ सय ४६, क्षेत्र नम्बर २ मा ७७ हजार ४ सय ७६ र क्षेत्र नम्बर ३ मा ९३ हजार ८ सय २६ मत खसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन
कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन
चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई अचम्मको फाइदा : थाहा पाउँदा छक्क पर्नुहुनेछ
चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई अचम्मको फाइदा : थाहा पाउँदा छक्क पर्नुहुनेछ
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल
एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल
किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो : नेता सिंह
किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो : नेता सिंह
सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत
सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत
कारले किच्दासमेत केही नभएका यी बालक
कारले किच्दासमेत केही नभएका यी बालक
क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने
क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने
२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !
२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

तपाईंले छुटाउनुभयो कि?