चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ११, २०७६
|
|
१८ पटक हेरिएको
Shares
चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी

सारांश

  • चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा एक जना विरामीको मृत्यु भएको छ।
  • कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंकामा अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका वीरगंज घर भएका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको अस्पतालले जनाएको छ ।
  • विरामीलाई पहिलेदेखी नै लुपस भन्ने रोग रहेको थियो।

चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा एक जना विरामीको मृत्यु भएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंकामा अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका वीरगंज घर भएका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको अस्पतालले जनाएको छ । विरामीलाई पहिलेदेखी नै लुपस भन्ने रोग रहेको थियो। उक्त रोगका कारण मृगौला कमजोर भएको र आइतबार ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजले कोरोना भाइरसको आशंकामा कोरोना विशेष (अस्थायी) अस्पतालमा रिफर गरेको थियो। अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले मंगलबार बिहान ९ बजेर ३० मिनेटमा बिरामीको मृत्यु भएको जानकारी गराएका छन्।। सोमबार दिउँसोबाट बिरामीलाई श्वासप्रश्वासको समस्या अत्याधिक बढेपछि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो। कोरोना भाइरसको लक्षण मिलेपछि बिरामीको स्वाब परिक्षणको लागि सोमबार काठमाडौँ पठाइएको तर रिर्पोट अझै आइसकेको छैन। कोभिड–१९ को परिक्षणको रिपोर्ट नआउदासम्म शव अस्पतालमै राखिने पनि अस्पतालले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् महाभारतकी ‘द्रौपदी’ले
तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् महाभारतकी ‘द्रौपदी’ले
गुप्तचरका कारण नेकपाको राजनीतिमा तरंग
गुप्तचरका कारण नेकपाको राजनीतिमा तरंग
३० लाख चन्दा नदिएको भन्दै रुपन्देहीमा गोली प्रहार
३० लाख चन्दा नदिएको भन्दै रुपन्देहीमा गोली प्रहार
“Don’t know whose hand to hold,” Janhvi Kapoor opens up about attending an award show without Sridevi
“Don’t know whose hand to hold,” Janhvi Kapoor opens up about attending an award show without Sridevi
चन्द समूहमा अन्तर्विरोध चर्किंदै
चन्द समूहमा अन्तर्विरोध चर्किंदै
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
पत्नीलाई जबर्जस्तीकरणी गरेको भन्दै पति थुनामा
पत्नीलाई जबर्जस्तीकरणी गरेको भन्दै पति थुनामा
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !

तपाईंले छुटाउनुभयो कि?