स्थानीय तह निर्वाचन २०७९ः देशभर मतदान सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
२७ पटक हेरिएको
Shares
स्थानीय तह निर्वाचन २०७९ः देशभर मतदान सुरु

सारांश

  • काठमाडौं।
  • स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ।
  • देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो।

काठमाडौं। स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ। देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो। बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता छ।

स्थानीय तह अन्तर्गतको मतदान कास्कीमा सुरु भएको छ। केहीबेरअघिबाट मतदान सुरु भएको हो। पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन्।

सबैभन्दा बढी १६ नम्बर वडामा ११ हजार १ सय ५० मतदाता छन् भने सबैभन्दा कम वडा नम्बर ४ मा २ हजार ३ सय ४४ छन्। वडा नम्बर ९ मा १ जना तेश्रो लिंगी मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाभरी २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेका छन्। कास्कीमा महानगरसहित ५ पालिकाको निर्वाचन भइरहेकाे हाे। १ सय ५० मतदान स्थल र ३ सय ३६ मतदान केन्द्रबाट साँझ ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदानका लागि जिल्लाभर कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ। ३९ जना महिला मतदान अधिकृत छन्। एउटा मतदान केन्द्र (अन्नपूर्ण आधारभुत स्कुल) महिलाले मात्रै चलाएका निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए।

यसैगरी मुगुकाे छायानाथ रारा नगरपालिकामा मतदान सुरु भएकाे छ । छायानाथ रारा नगरपालिका-३ मा रहेकाे आधारभूत विद्यालयमा ज्येष्ठ नागरिकले मतदानकाे सुरुवात गरेका हुन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन्। प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। उनले बुथ नम्बर ञकझ बाट मतदान गरेका हुन्। उनले पहिलो मतदान गरेपछी मतदान कार्य सुरु भएको हो। यहाँ २ वटा मतदान केन्द्र छन जसमा जम्मा १६७८ मतदाता रहेका छन्।

एमाले उपाध्य विष्णु पाैडेलले मतदान गरेका हुन्। उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकामा आज एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए
सिन्धुपाल्चोकमा कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख पक्राउ !
सिन्धुपाल्चोकमा कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख पक्राउ !
‘स्टार्टअप’मा सरकारको प्राथमिकता
‘स्टार्टअप’मा सरकारको प्राथमिकता
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा  तनाव !
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा तनाव !
बुटवलका मेयरले सुरु गरे माबाईल एप्स
बुटवलका मेयरले सुरु गरे माबाईल एप्स
एटीएमबाट ननिस्किएको पैसा समेत खाताबाट गायब !
एटीएमबाट ननिस्किएको पैसा समेत खाताबाट गायब !
आईजीपीका लागि खनाल एक्ला दाबेदार, दौडधुप सुरु
आईजीपीका लागि खनाल एक्ला दाबेदार, दौडधुप सुरु
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो

तपाईंले छुटाउनुभयो कि?