हुम्ला जीप दुर्घटना : घाइते चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
हुम्ला जीप दुर्घटना : घाइते चालकको मृत्यु

सारांश

  • हुम्ला ।
  • हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भीरबाट जिप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ ।
  • धनुषाको शान्तिपुर–२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भीरबाट जिप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ । धनुषाको शान्तिपुर–२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२५ नम्बरको जिप आज च्याछरास्थित कर्णाली नदीमा खसेको थियो ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जिपमा सवार १२ यात्रु सकुशल रहेका छन् । उकालो सडकमा ती सबै यात्रु जिपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ ।

जिप खस्नै लाग्दा चालक तामाङले हाम फालेका थिए । सो क्रममा उनी सख्त घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ