१५ लाख घुससहित वडा अध्यक्ष पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०८०
|
|
२९ पटक हेरिएको
Shares
१५ लाख घुससहित वडा अध्यक्ष पक्राउ

सारांश

  • काठमाडौँ ।
  • १५ लाख घुससहित अख्तियारको टोलीले बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो ।

काठमाडौँ । १५ लाख घुससहित अख्तियारको टोलीले बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो । 

उनलाई घुस लिइसकेको अवस्थामा मध्यपुर ठिमी  नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले बताएको छ ।

आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?