चितवनमा बढ्दैछ साहित्यिक गतिविधि

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
चितवनमा बढ्दैछ साहित्यिक गतिविधि

सारांश

  • चितवन, १२ साउन, चितवनमा पछिल्लो समय साहित्यिक गतिविधि बढ्दै गएको छ ।
  • सार्वजनिक बिदाका दिनमा समेत बढ्दै गएका कार्यक्रमले समेत यहाँको साहित्यिक गतिविधि बढाएको जिल्लाका साहित्यकारले बताएका छन् ।
  • साहित्य संगम चितवनका अध्यक्ष द्वारीका नेपालका अनुसार जिल्लामा २५ वटा साहित्यसँग सम्बन्धित संघ संस्था दर्ता छन् ।

चितवन, १२ साउन, चितवनमा पछिल्लो समय साहित्यिक गतिविधि बढ्दै गएको छ । सार्वजनिक बिदाका दिनमा समेत बढ्दै गएका कार्यक्रमले समेत यहाँको साहित्यिक गतिविधि बढाएको जिल्लाका साहित्यकारले बताएका छन् ।

साहित्य संगम चितवनका अध्यक्ष द्वारीका नेपालका अनुसार जिल्लामा २५ वटा साहित्यसँग सम्बन्धित संघ संस्था दर्ता छन् । दर्ता नभएका संस्थाको संख्या त्यो भन्दा बढी रहेको छ । क्रियाशील लेखक र साहित्यकारको संख्या बढ्दो छ ।

अध्यक्ष नेपालले पढ्ने संस्कृति र साहित्य लेखन दिनानुदिन बढ्दै गएसँगै साहित्यीक क्रियाकलाप पनि बढ्दै गएको बताउनुभयो । जिल्लाका सबैजसो साहित्यीक संघ संस्थाले पुस्तक प्रकाशन गर्ने र पुरस्कार वितरण गर्ने कार्यलाई समेत निरन्तरता दिदै आएका छन् ।

चितवन साहित्य परिषद्का सचिव बालकृष्ण थपलिया यस क्षेत्रमा साहित्यप्रतिको रुचि निकै बढ्दै गएको बताउनुहुन्छ । सार्वजनिक बिदाका दिनमा गरिने साहित्यीक कार्यक्रममा पुराना, नयाँ साहित्यनुरागीको सहभागीता पनि बढ्दै गएको उहाँको भनाई छ ।

पुस्तक विमोचन, अन्तक्रिया, एकल एवम् सामूहिक रचनावाचनजस्ता कार्यक्रम यहाँ नियमीत रुपमा हुने गर्छन् । थपलियाले साहित्य प्रतिको रुचि बढ्नु, पठन संस्कृतिको विकास हुनु, राम्रा राम्रा लेखरचनाको क्रम बढेकोले पनि यस सम्बन्धी क्रियाकलाप बढ्नमा सहयोग पुगेको धारणा राख्नुहुन्छ ।

अधिकांश लेखक तथा साहित्यकारहरु प्रध्यापन, शिक्षण, निजामती, स्थानीय तह, पत्रकारिता लगायतका क्षेत्रमा आवद्ध भएकाले सबैले बिदाको दिनको सदुपयोग गरी फुर्सदको समयलाई साहित्यको विकासमा लगाउने गरेका छन् । जिल्लामा खुलेका रेडियो र पत्रपत्रिकाका कारण पनि साहित्यिक गतिविधि बढाउन टेवा पुग्ने गरेको बताइन्छ ।

कबिडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री पाठकको अभिरुचि बढ्दै जानु, राष्ट्रिय र स्थानीय तहमा पुरस्कार र सम्मानको व्यवस्था गरिएका कारण यससम्बन्धी कार्यक्रम बढेको धारणा राख्नुहुन्छ ।

जिल्लाकै युवा साहित्यकार अमर न्यौपानेले मदन पुरस्कार पाउनुले पनि जिल्लामा साहित्यीक गतिविधि बढाउन प्रोत्साहन मिलेको उहाँको भनाइ छ । न्यौपानेको सेतो धर्ती, पानीको घाम, करोडौं कस्तुरी जस्ता राम्रा र पठनीय कृति बजारमा आएपछि पनि यहाँका साहित्यकारले सकेसम्म उत्कृष्ट कृति प्रकाशन गर्न प्रोत्साहन मिलेको क्षेत्रीको ठम्याइ छ ।

क्याम्पस पढ्ने विद्यार्थीदेखि व्यवसाय र रोजगारीमा लागेका युवा पुस्ता साहित्य क्षेत्रमा क्रियाशील रहेको पाइन्छ । पुराना साहित्यकार प्रेम विनोद नन्दन विद्यालय, महाविद्यालय खुलेसँगै शैक्षिक क्षेत्रको विकासले भाषा साहित्यप्रति उत्सुकता जगाउँदा साहित्यीक गतिविधि बढेको बताउनुहुन्छ ।

“ रेडियो, पत्रिकाको बढोत्तरीसँगै साहित्यकारका लेख रचनाको प्रचारप्रसार हुने र लेखन कार्यलाई उत्प्रेरित गरेको छ,” साहित्यकार नन्दनको भनाइ छ ।

विसं २०१९ मा तनहँुको बन्दिपुरबाट चितवन झर्नु भएका साहित्यकार नन्दनले विगतलाई सम्झदै भन्नुभयो “२०२० तिर भानु जयन्तीका अवसरमा साहित्यमा रुचि राख्ने नभेटिएपछि म र बामदेब पण्डित भएर एक आपसमा कविता सुनाएर जयन्ती मनायौं ।” अहिले साहित्यिक गतिविधि, प्रकाशन र रचनावाचन जस्ता गतिवधिसँगै साहित्यप्रतिको रुचि बढेकोमा उहाँले खुशी प्रकट गर्नुभयो ।

साहित्यकार भूपिन देशकै मध्यभागको चितवन जिल्लाभित्र मात्र नभई र बाहिरबाट समेत साहित्यकार आएर कार्यक्रम गर्ने गरेको बताउनुहुन्छ ।

“लेखक साहित्यकारको संख्या बढ्नु, प्रकाशित कृति र रचनाको राम्रो समीक्षा हुनु तथा गोष्ठि, रचनावाचन जस्ता क्रियाकलापले यहाँको साहित्यिक चर्चा अन्यत्र पनि फैलदै गएको छ,” साहित्यकार भूपिन भन्नुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्
भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन
स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण  (फोटोफिचर)
स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण (फोटोफिचर)
सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर
सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
सभामुख घर्तीले गरिन् मतदान,उपराष्ट्रपति पुन भोट हाल्न आएनन्,
सभामुख घर्तीले गरिन् मतदान,उपराष्ट्रपति पुन भोट हाल्न आएनन्,
अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने ‘मौरी झैं मेहनती बन’
अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने ‘मौरी झैं मेहनती बन’
वडाध्यक्षको सुविधा कटौती गर्ने प्रस्ताव
वडाध्यक्षको सुविधा कटौती गर्ने प्रस्ताव
कपिलवस्तुमा वृद्धको हत्या
कपिलवस्तुमा वृद्धको हत्या

तपाईंले छुटाउनुभयो कि?