चुनावको मुखमा रोजगारीका लागि भारत जानेको लर्को

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
४३ पटक हेरिएको
Shares
चुनावको मुखमा रोजगारीका लागि भारत जानेको लर्को

सारांश

  • डोटी,१२, मंशिर मंसिर २१ गते डोटीमा हुने प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा रोजगारीका लागि भारत पस्नेहरुको लर्को लाग्न थालेको छ ।
  • डोटीका गाउँघरमा चुनावी माहोल तातेको भएपनि यहाँका अधिकांस युवा तथा स्थानियहरु भारतमा काम खोज्नका लागि जिल्ला छोड्न थालेका छन् ।
  • नेता तथा कार्यकर्ता मतदाता रिझाउन स्थानियका घर आँगनमा दिनदिनै धाइरहेका भएपनि युवा तथा स्थानियहरुलाई भारत जानबाट रोक्न सकेका छैनन् ।

डोटी,१२, मंशिर

मंसिर २१ गते डोटीमा हुने प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा रोजगारीका लागि भारत पस्नेहरुको लर्को लाग्न थालेको छ ।

डोटीका गाउँघरमा चुनावी माहोल तातेको भएपनि यहाँका अधिकांस युवा तथा स्थानियहरु भारतमा काम खोज्नका लागि जिल्ला छोड्न थालेका छन् ।

नेता तथा कार्यकर्ता मतदाता रिझाउन स्थानियका घर आँगनमा दिनदिनै धाइरहेका भएपनि युवा तथा स्थानियहरुलाई भारत जानबाट रोक्न सकेका छैनन् ।

गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर केही मतदाता भने रोजगारीका लागि भारततर्फ धामधम पसिरहेका छन् ।

यसै सिलसिलामा बोगटान गाउँपालिका– ७ उमडीका काले दमाई सोमबार बिहान भारत जाँदै गर्दा दीपायल पिपल्ला बजारमा भेटिए । निर्वाचनबारे जानकारी भएका उनी मतदान गर्ने इच्छै नभएर भारत जान लागेको बताउँछन् ।

विगत २२ वर्ष देखि भारतको विभिन्न ठाउँमा काम गर्दै आएका काले दमाई अहिले भारतको पञ्जाबमा रहेको एउटा मन्दिरको सामग्री सरसफाइ गर्ने काम गर्छन् ।

४४ वर्षीय दमाईले आफ्नो जीवनकालमा एकपटक मात्रै मतदान गरेको बताउदै उनले भने ‘भोट के का लागि दिने, केही नगर्ने नेतालाई भोट किन दिने बरु भारत गएर दुई चार दिन बढी काम गरे दुईचार पैसा बढी आम्दानी हुन्छ, भोट हाल्नु भन्दा भारत जानु नै बेस छ ।’

उनीसँगै भारत जान लागेका सोही ठाउँका चार अरु युवा मध्ये कमल बोहरा पनि १६ वर्षको उमेर देखि नै भारतको लुधियानाको एउटा कपडा कम्पनीमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरियाः विद्रोही समूहबीच झडप,१९ को मृत्यु
सिरियाः विद्रोही समूहबीच झडप,१९ को मृत्यु
गोरखाको धार्चे गाउँपालिकामा  मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गोरखाको धार्चे गाउँपालिकामा मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
झापा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा
झापा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा
आईजीपीद्वारा प्रधानमन्त्रीले राजिनामा दिन दिएको दबाब अस्वीकार, जबर्जस्ती गरे सर्वाेच्च जाने
आईजीपीद्वारा प्रधानमन्त्रीले राजिनामा दिन दिएको दबाब अस्वीकार, जबर्जस्ती गरे सर्वाेच्च जाने
चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने
चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने
संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गरिने : मन्त्री बिना मगर
संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गरिने : मन्त्री बिना मगर
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर